close

च्याटजीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यान बर्खास्त

टेकपाना टेकपाना

मंसिर २, २०८० १२:४४

च्याटजीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यान बर्खास्त

काठमाडौं । चर्चित एआई च्याटबट च्याटजीपीटी निर्माण गर्ने ओपनएआईका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान बर्खास्तमा परेका छन् । कम्पनीले एक ब्लगपोस्ट सार्वजनिक गर्दै शुक्रबार बसेको कम्पनीको बोर्ड बैठकले सीईओबाट उनलाई बर्खास्त गरेको जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको ब्लगपोस्टमा ओपनएआई चलाउनसक्ने थप क्षमता उनमा नभएको र बोर्डसँग उनी इमान्दार नभएको उल्लेख गरेकाे छ । उनको बर्खास्तीसँगै ओपनएआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानले पनि अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

अल्टम्यानको बर्खास्तीले एआई क्षेत्रका सबैलाई अचम्मित पारेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन् । यता ओपनएआईले भने प्रमुख प्रविधि अधिकृत (सीटीओ) मिरा मुरातीलाई कार्यवाहक सीईओमा नियुक्त गरेको र चाँडै स्थायी सीईओ नियुक्त गर्ने बताएको छ ।

ओपनएआईले गत नोभेम्बर २०२२ मा च्याटजीपीटी सार्वजनिक गरेपछि अल्टम्यान एआई  क्षेत्रमा थप चर्चित बनेका छन् । आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) तयार पार्ने लक्ष्यका साथ सन् २०१५ देखि उनी ओपनएआईमा जोडिएका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८० ११:५३