close

आफ्नो आवाज भएका भिडिओहरू अन्य युट्युब च्यानलबाट हटाइदिन अच्युत घिमिरेको आग्रह

टेकपाना टेकपाना

मंसिर १६, २०८० २०:३१

आफ्नो आवाज भएका भिडिओहरू अन्य युट्युब च्यानलबाट हटाइदिन अच्युत घिमिरेको आग्रह

काठमाडौं । चर्चित रेडियोकर्मी तथा वाचक अच्युत घिमिरेले आफ्नो आवाज भएका भिडिओहरू युट्युब च्यानलबाट हटाइदिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले वाचन गरेका पुस्तक वा पुस्तक अंशका भिडिओ हटाइदिन आग्रह गरेका हुन् । 

“पुराना कार्यक्रमहरु राख्नुभएको छ र हटाइहाल्न मन छैन भने कृपया मेरो आधिकारिक च्यानल बुलबुल कम्युनिकेसनको दिल खोलेर आफ्नो त्यस च्यानलबाट प्रचार गरिदिनुस्," आफ्नो आवाज राखेर युट्युब च्यानल चलाइरहेका युट्यबुरहरूलाई अनुरोध गर्दै उनले लेखेका छन् । 

त्यस्तै अहिले आफूले सञ्चालन गरिरहेको युट्युब च्यानलबाट भिडिओ कपि गरेर आफ्नोमा नराखिदिन उनले आग्रह गरेका छन् । यसका साथै आफ्नो आवाज मन पराएका कारण अरुले च्यानलमा भिडिओ राखेको हुनसक्ने बताउँदै उनले बरु सामाजिक सञ्जालबाट त्यसको शेयर गरिदिन आग्रह गरेका छन् । 

रेडियोकर्मी घिमिरे नेपाली साहित्यमा पुस्तक वाचनका लागि प्रख्यात छन् । विशेष गरेर उनको ‘श्रुति संवेग’ रेडियो कार्यक्रम साहित्यानुरागीबीच लोकप्रिय छ । यसअघि उही कार्यक्रममा उनले वाचन गरेका अंशलाई विभिन्न युट्युबरहरूले आफ्नो च्यानलमा राखेका थिए । तर हालै मात्र उनले आफ्नै औपचारिक युट्युब च्यानल खोलेका हुन् ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८० २०:३१