close

कस्तो छ १ करोड बढी मूल्य भएको टेस्लाको साइबरट्रक ?

टेकपाना टेकपाना

मंसिर २३, २०८० १८:३२

कस्तो छ १ करोड बढी मूल्य भएको टेस्लाको साइबरट्रक ?

काठमाडौं । टेस्लाकाे बहुप्रतिक्षित विद्युतीय गाडी ‘साइबरट्रक’ हालै सार्वजनिक भएको छ । कम्पनीले चार वर्षअघि नै ल्याए पनि गाडीको काँच फुट्दा चर्को आलोचना भएको थियाे । त्यसपछि हालै (गत बिहीवार) एक कार्यक्रम गर्दै टेक्साले तीन भेरियन्टमा साइबरट्रक सार्वजनिक गरेकाे हाे । 

यसअन्तर्गत ‘रियर ह्विल’, ‘अल ह्विल ड्राइभ’, र  ‘साइबर बिस्ट’ गरी साइबरट्रक सार्वजनिक भएका छन् । यद्यपि यी गाडी फरक-फरक मितिमा बजारमा आउने कम्पनीको भनाइ छ ।

टेस्लाका अनुसार साइबर बिस्ट र अल ह्वील २०२४ मा बजारमा डेलिभरी हुनेछन् भने रियर ह्विल ड्राइभ २०२५ मा उपलब्ध हुनेछ । 

कस्तो छ टेस्ला साइबरट्रक ?

२०२५ मा सार्वजनिक हुने ‘बेस रियर ह्विल ड्राइभ’को सुरुवाती मूल्य (करबाहेक) ६० हजार ९९० डलर हुने बताइएको  छ । त्यस्तै अल ह्विल ड्राइभ मोडेलको सुरुवाती मूल्य ७९ हजार ९९० डलर र साइबर बिस्टको सुरुवाती मूल्य ९९ हजार डलर हुने अपेक्षा गरिएको छ ।


 

 

रियर-ह्विल ड्राइभ

अल ह्विल ड्राइभ

साइबर बिस्ट

हर्सपावर

खुलाइएको छैन

६०० एचपी

८४५ एचपी

ह्विल टर्क (Wheel Torque)

खुलाइएको छैन

७४३५ एलबी-एफटी

१०,२९६ एलबी-एफटी

ड्राइभट्रेन (Drivetrain)

Single-motor rear-wheel drive

Dual-motor all-wheel drive

Tri-motor all-wheel drive

ट्रान्समिसन (Transmission)

Single-speed automatic

Single-speed automatic

Single-speed automatic

०-६० माइल प्रति घण्टा (0-60 MPH)

६.५ सेकेन्ड

४.१ सेकेन्ड

२.६ सेकेन्ड

टप स्पिड

११२ माइल पर आवर (१९६ किलोमिटर प्रतिघण्टा)

११२ माइल पर आवर (१९६ किलोमिटर प्रतिघण्टा)

१३० माइल पर आवर (२०९ किलोमिटर प्रतिघण्टा)

 

कार्यक्रममा साइबरट्रकले पोर्स ९११ (Porsche 911) लाई हराएको दृश्य देखाइएको थियो । कम्पनीले पोर्स ९११ र साइबर बिस्टमध्ये कसले पहिले शून्यदेखि ६० माइल्स प्रति घण्टाको गति पकड्न सक्छ भन्नेमा प्रतिस्पर्धा गरेको थियो । साइबर बिस्टले २.६ सेकेन्डमै उक्त गति पकडेको कम्पनीको दाबी छ । 

टेस्लाका अनुसार रियर ह्विल ड्राइभरले २५० माइल्स (४०२ किलोमिटर), अल ह्विल ड्राइभले ३४० माइल्स (५४७ किलोमिटर) र साइबर बिस्टले ३२० माइल्स (५१४ किलोमटर) रेञ्ज दिन्छ । अल ह्विल ड्राइभलाई १५ मिनेट चार्ज गरे १३६ माइल्स (२१८ किलोमिटर), र साइबर बिस्टलाई १५ मिनेट चार्ज गरे १२८ माइल्स (करिब २०६ किलोमिटर) रेञ्ज दिने बताइएको छ ।

यसका लागि यी गाडीलाई २५० किलोवाट क्षमताको सुपरचार्जरले चार्ज गर्नुपर्छ । रियर ह्विल ड्राइभलाई कति मिनेट चार्ज गर्दा कति किलोमिटर रेञ्ज दिन्छ भन्ने कुरा खुलाइएको छैन । त्यसबाहेक यी मोडेलमा हुने व्यट्री क्षमता पनि गोप्य राखिएको छ ।

साइबरट्रकको ग्राउन्ड क्लियरेन्स १७.४४ इन्च भएको बताइएको छ । यसलाई आवश्यकता अनुसार सफ्टवेयरबाटै घटाउन सकिन्छ । त्यस्तै २२३.७ इन्च लम्बाइ, ९५ इन्च चौडाइ र ७०.५ इन्च उचाइ छ । 

गाडीमा भएको मिरर निकालेर राख्न सकिन्छ । मिरर हुने ठाउँमा क्यामेरा राखिएका छन् । जसले गर्दा पछाडिको भ्यु हेर्न मिरर नै हेरिरहन पर्दैन । यो गाडीको सहायता अन्य गाडीहरू पनि चार्ज गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

टेस्ला साइबरट्रकमा अन्य मोडेल जस्तै अटोपाइलट सिस्टम रहेको छ । अटोपाइलटको सहायताले स्टेरिङ कन्ट्रोल गर्न स्पिड घटाउन वा बढाउन र सुरक्षित रूपमा ड्राइभिङ गर्न सकिन्छ । गाडीको अगाडि एक्कासि केही खतरा भएको थाहा पाए गाडीले स्वतः ब्रेक लगाउँछ, गाडी ठोक्किने सम्भावना छ भने अलर्ट गराउने बताइएको छ । यी फङ्सनले गर्दा सुरक्षित तरिकाले यात्रा गर्न सकिन्छ । 

अटोपाइलट सिस्टमले साइबरट्रकको नेभिगेसन सिस्टममा पनि काम गर्छ । यसमा पनि अन्य टेस्ला गाडी जस्तै स्वतः लेन परिवर्तन गर्ने प्रणाली छ ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १८:३२