काठमाडौं । टेस्लाकाे बहुप्रतिक्षित विद्युतीय गाडी ‘साइबरट्रक’ हालै सार्वजनिक भएको छ । कम्पनीले चार वर्षअघि नै ल्याए पनि गाडीको काँच फुट्दा चर्को आलोचना भएको थियाे । त्यसपछि हालै (गत बिहीवार) एक कार्यक्रम गर्दै टेक्साले तीन भेरियन्टमा साइबरट्रक सार्वजनिक गरेकाे हाे ।
यसअन्तर्गत ‘रियर ह्विल’, ‘अल ह्विल ड्राइभ’, र ‘साइबर बिस्ट’ गरी साइबरट्रक सार्वजनिक भएका छन् । यद्यपि यी गाडी फरक-फरक मितिमा बजारमा आउने कम्पनीको भनाइ छ ।
टेस्लाका अनुसार साइबर बिस्ट र अल ह्वील २०२४ मा बजारमा डेलिभरी हुनेछन् भने रियर ह्विल ड्राइभ २०२५ मा उपलब्ध हुनेछ ।
कस्तो छ टेस्ला साइबरट्रक ?
२०२५ मा सार्वजनिक हुने ‘बेस रियर ह्विल ड्राइभ’को सुरुवाती मूल्य (करबाहेक) ६० हजार ९९० डलर हुने बताइएको छ । त्यस्तै अल ह्विल ड्राइभ मोडेलको सुरुवाती मूल्य ७९ हजार ९९० डलर र साइबर बिस्टको सुरुवाती मूल्य ९९ हजार डलर हुने अपेक्षा गरिएको छ ।
|
रियर-ह्विल ड्राइभ |
अल ह्विल ड्राइभ |
साइबर बिस्ट |
|
|
हर्सपावर |
खुलाइएको छैन |
६०० एचपी |
८४५ एचपी |
|
ह्विल टर्क (Wheel Torque) |
खुलाइएको छैन |
७४३५ एलबी-एफटी |
१०,२९६ एलबी-एफटी |
|
ड्राइभट्रेन (Drivetrain) |
Single-motor rear-wheel drive |
Dual-motor all-wheel drive |
Tri-motor all-wheel drive |
|
ट्रान्समिसन (Transmission) |
Single-speed automatic |
Single-speed automatic |
Single-speed automatic |
|
०-६० माइल प्रति घण्टा (0-60 MPH) |
६.५ सेकेन्ड |
४.१ सेकेन्ड |
२.६ सेकेन्ड |
|
टप स्पिड |
११२ माइल पर आवर (१९६ किलोमिटर प्रतिघण्टा) |
११२ माइल पर आवर (१९६ किलोमिटर प्रतिघण्टा) |
१३० माइल पर आवर (२०९ किलोमिटर प्रतिघण्टा) |
कार्यक्रममा साइबरट्रकले पोर्स ९११ (Porsche 911) लाई हराएको दृश्य देखाइएको थियो । कम्पनीले पोर्स ९११ र साइबर बिस्टमध्ये कसले पहिले शून्यदेखि ६० माइल्स प्रति घण्टाको गति पकड्न सक्छ भन्नेमा प्रतिस्पर्धा गरेको थियो । साइबर बिस्टले २.६ सेकेन्डमै उक्त गति पकडेको कम्पनीको दाबी छ ।
टेस्लाका अनुसार रियर ह्विल ड्राइभरले २५० माइल्स (४०२ किलोमिटर), अल ह्विल ड्राइभले ३४० माइल्स (५४७ किलोमिटर) र साइबर बिस्टले ३२० माइल्स (५१४ किलोमटर) रेञ्ज दिन्छ । अल ह्विल ड्राइभलाई १५ मिनेट चार्ज गरे १३६ माइल्स (२१८ किलोमिटर), र साइबर बिस्टलाई १५ मिनेट चार्ज गरे १२८ माइल्स (करिब २०६ किलोमिटर) रेञ्ज दिने बताइएको छ ।
यसका लागि यी गाडीलाई २५० किलोवाट क्षमताको सुपरचार्जरले चार्ज गर्नुपर्छ । रियर ह्विल ड्राइभलाई कति मिनेट चार्ज गर्दा कति किलोमिटर रेञ्ज दिन्छ भन्ने कुरा खुलाइएको छैन । त्यसबाहेक यी मोडेलमा हुने व्यट्री क्षमता पनि गोप्य राखिएको छ ।
साइबरट्रकको ग्राउन्ड क्लियरेन्स १७.४४ इन्च भएको बताइएको छ । यसलाई आवश्यकता अनुसार सफ्टवेयरबाटै घटाउन सकिन्छ । त्यस्तै २२३.७ इन्च लम्बाइ, ९५ इन्च चौडाइ र ७०.५ इन्च उचाइ छ ।
गाडीमा भएको मिरर निकालेर राख्न सकिन्छ । मिरर हुने ठाउँमा क्यामेरा राखिएका छन् । जसले गर्दा पछाडिको भ्यु हेर्न मिरर नै हेरिरहन पर्दैन । यो गाडीको सहायता अन्य गाडीहरू पनि चार्ज गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
टेस्ला साइबरट्रकमा अन्य मोडेल जस्तै अटोपाइलट सिस्टम रहेको छ । अटोपाइलटको सहायताले स्टेरिङ कन्ट्रोल गर्न स्पिड घटाउन वा बढाउन र सुरक्षित रूपमा ड्राइभिङ गर्न सकिन्छ । गाडीको अगाडि एक्कासि केही खतरा भएको थाहा पाए गाडीले स्वतः ब्रेक लगाउँछ, गाडी ठोक्किने सम्भावना छ भने अलर्ट गराउने बताइएको छ । यी फङ्सनले गर्दा सुरक्षित तरिकाले यात्रा गर्न सकिन्छ ।
अटोपाइलट सिस्टमले साइबरट्रकको नेभिगेसन सिस्टममा पनि काम गर्छ । यसमा पनि अन्य टेस्ला गाडी जस्तै स्वतः लेन परिवर्तन गर्ने प्रणाली छ ।
पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १८:३२
