close

डिजिटल मार्केटिङको डेढ महिने कोर्स ९९९ रुपैयाँमा सञ्चालन हुँदै

टेकपाना टेकपाना

मंसिर २९, २०८० १५:२८

डिजिटल मार्केटिङको डेढ महिने कोर्स ९९९ रुपैयाँमा सञ्चालन हुँदै

काठमाडौं । वर्ड अफ माउथ (डब्लूओएम) मार्केटिङ र एसएसआईटी कम्प्युटर इन्स्टिच्युटको आयोजनामा डेढ महिने डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुने भएको छ । बजारमा डिजिटल मार्केटिङ तर्फका दक्ष जनशक्ति उत्पादनका लागि यी दुई कम्पनीले कम शुल्कमा उक्त विषयसँग सम्बन्धित कोर्स सञ्चालन गर्न लागेका हुन् ।

डब्लूओएम मार्केटिङका डिजिटल मार्केटिङ मेनेजर सागर क्षेत्रीका अनुसार यो कोर्स भौतिक रूपमा एसएसआईटी इन्स्टिच्युट कीर्तिपुरमा सञ्चालन हुनेछ । पुस १५ गतेदेखि सञ्चालन हुने यो कोर्समा सबै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

“हामीले डिजिटल मार्केटिङका दक्ष जनशक्ति खोज्दा नपाएपछि आफैंले कोर्स सञ्चालन गरेर तालिम दिन लागेका हौं,” क्षेत्रीले भने, “यसका लागि आवश्यक कोर्स हाम्रो टिमले तयार पारिसकेको छ । डेढ महिनासम्म दैनिक एक घण्टाको क्लास हुन्छ ।”

डेढ महिनापछि उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई एसएसआईटी तथा डब्लूओएम मार्केटिङमा इन्टर्नका रूपमा राखिने उनले सुनाए ।

उनले अगाडि भने, “लगभग हामीले अध्यापन गराउने कोर्सको मूल्य ३५ हजारजति हुन्छ । हामीले दक्ष जनशक्तिलाई यहीबाट रोजगार उपलब्ध गराउन  ९९९ रुपैयाँमा कोर्स उपलब्ध गराउन लागेका हौं । कोर्स सकिएपछि उत्कृष्ट सहभागीलाई हामी रोजगारी दिन्छौं ।”

इच्छुक व्यक्तिले यहाँ क्लिक गरी पुस १४ गते बेलुका आठ बजेभित्र रजिस्ट्रेसन गरिसक्नुपर्ने हुन्छ । त्यसपछि पुस १५ गतेदेखि डेढ महिनासम्म उक्त कोर्स सञ्चालन हुने क्षेत्रीले सुनाए । सहभागीले आफूलाई पायक पर्ने समय बिहान ६ देखि ७ बजे, ७ देखि ८ बजे वा ८ देखि नौ बजेसम्मको कुनै पनि क्लास लिन सक्नेछन् ।

तीन शिफ्टमा जम्माजम्मी ७५ व्यक्ति सहभागी हुन पाउनेछन् । कोर्स सकिएपछि सहभागीले प्रमाणपत्र समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस विषयमा थप बुझ्न ९७६२८५७१२८ मा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८० १५:४५