close

मोजिला फायरफक्सको एपमा थपिए ४०० बढी एक्सटेन्सन

टेकपाना टेकपाना

मंसिर ३०, २०८० ९:४१

मोजिला फायरफक्सको एपमा थपिए ४०० बढी एक्सटेन्सन

काठमाडौं । मोजिलाले फायरफक्सको मोबाइल एपका लागि साढे चार सयभन्दा बढी एक्सटेन्सन ल्याएको छ । कम्पनीले एन्ड्रोइड एपको पछिल्लो अपडेटमा नयाँ एक्सटेनसहरू थपेको हो ।

यी एक्सटेन्सनबाट प्रयोगकर्ताले आफ्नो मोबाइल ब्राउजरलाई आवश्यकता अनुसार परिमार्जन गर्नसक्ने बताइएको छ । गोपनीयता, एड ब्लकर, प्रोडक्टिभिटी लगायतका विभिन्न शीर्षकमा थपिएको एक्सटेन्सनले फायरफक्सको प्रयोगकर्ता बढाउने कम्पनीकाे विश्वास छ ।

यसबाहेक एपमा स्ट्रिमिङ म्युजिक, डार्क मोडजस्ता अन्य फिचर पनि आएका छन् ।

मोजिलाले यस कदमबारे गत अगस्ट महिनामा जानकारी दिएको थियाे । यद्यपि पहिले एपले एक्सटेन्सन सपोर्ट गर्ने गरे पनि सन् २०२० पछि एप रिबिल्ट गर्दा एक्सटेन्स सपोर्ट बन्द भएको थियो ।

अब भने ब्राउजरमा एक्सटेन्सनको इकोसिस्टम तयार भएको र क्रोम जस्ता अन्य ठूला ब्राउजरलाई फायरफक्सले टक्कर दिनसक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १०:११