close

अरुबाट लिएको काम छिटो सक्न प्रयोग गर्नुहोस् यी उपयोगी एआई टुलहरू

टेकपाना टेकपाना

मंसिर ३०, २०८० १६:९

अरुबाट लिएको काम छिटो सक्न प्रयोग गर्नुहोस् यी उपयोगी एआई टुलहरू

काठमाडौं । अहिले एआई टुल सामान्य जीवनशैलीसँग जोडिसकेको छ । औपचारिक कामका लागि होस् वा अनौपचारिक, कतै न कतै एआई टुल देखा पर्न थालेको छ । अहिले डेभलपरहरूले कामअनुसार एआई टुलहरू विकास गरिरहेका छन् । 

यस्तोमा हामीले ती एआई टुलबारे थाहा पाउनु राम्रो हुन्छ । कतिपय यस्ता टुल प्रयोग गरेर पैसा कमाउने वातावरण तयार पार्न सकिन्छ, जुन एआईको सकारात्मक पाटो हो ।

यस्ता टुल प्रयोग गरेर बनाइएका सामग्रीलाई तपाईंले आफ्नो विभिन्न डिजिटल कन्टेन्टमा प्रयोग गर्न सक्नुहुन्छ । अथवा तपाईंले कुनै काम गरिरहनु भएको छ भने तपाईंले त्यसबेला यी टुल प्रयोग गर्न सक्नुहुन्छ । जस्तो: तपाईं यी टुल प्रयोग गरेर युट्युबका लागि भिडिओ बनाउन सक्नुहुन्छ । अथवा अरुबाट लिएको कामलाई सजिलै सम्पन्न गर्न सक्नुहुन्छ ।

समग्रम यी एआई टुलहरूले काम चाँडो र व्यवस्थित तरिकाले सक्न तपाईंलाई सहयोग गर्छ । आज हामी त्यस्तै केही एआई टुलबारे जानकारी दिने छौं:

च्याटजीपीटी राइटर

ईमेल र मेसेन्जरमा आएका मेसेजहरूको उत्तर दिनु कतिपयका लागि गाह्रो काम हुन सक्छ । कतिपयले प्रोफेसनल मेसेज लेख्नका लागि अनेकन् उपाय अपनाइरहेका हुन्छन् । जस्तो; मेललाई कपि गरेर च्याटजीपीटीमा राख्ने र च्याटजीपीटीले दिएको उत्तर कपि गरेर पुन: ईमेल र मेसेन्जरमार्फत पठाउने । यस्तो काम गर्नु झन्झटिलो हुन्छ ।

यही कुराको समाधान गर्न च्याटजीपीटी राइटर उपयोगी हुन सक्छ । यो एउटा वेब एक्सटेन्सन हो । यसलाई इन्स्टल गरेपछि ईमेल अथवा मेसेज लेख्दा आईकन देखा पर्छ । त्यसमा क्लिक गरेर अटो रिप्लाइ समेत गर्न सकिन्छ । अथवा लामा ईमेललाई सारांश गर्न समेत यो टुल प्रयोग गर्न सकिन्छ । यो टुल चलाउन यहाँ क्लिक गर्नुहाेस् । 

टेक्स्ट टु इमेज 

केही समयअघि नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताबीच एआई बनाएको फोटो खुबै भाइरल भएको थियो । कुनै पनि विचारका लागि होस् अथवा कुनै कामका लागि अहिले एआईले तयार पारेको फोटो प्रयोग गर्न सुरु भइसकेको छ ।

यसका लागि सशुल्क र नि:शुल्क दुवै खालका टुल रहेका छन् । मिड जर्नी, ड्याल-ई, माइक्रोसफ्ट बिङ,  फोटो सोनिक, स्टेबल डिफ्युजन, एडोबी फायरफ्लाइ यसका कामका लागि केही चर्चित एआई टुल हुन् । 


टेक्स्ट टु मल्टिमिडिया

लेखेको अक्षरका आधारमा फोटो बनाउनु त सामान्य नै भइसक्यो । तर यही प्रक्रियाबाट भिडिओ, अडियो, एनिमेसन जस्ता मल्टिमिडिया तयार पार्न सकिन्छ । यसका लागि विस्तृतमा तल जानकारी दिइएको छ:

म्युजिकजेन सङ्गीत तयार पार्न प्रयोग गर्न सकिन्छ । यसबाट प्रोम्टका आधारमा कुनै पनि प्रकारको २०/३० सेकेन्डसम्मका  सङ्गीत बनाउन सकिन्छ । यस टुलबाट तयार हुने उक्त सङ्गीतलाई विभिन्न ठाउँमा प्रयोग गर्न सकिन्छ । 

एनवे एमएलबाट प्रोम्टका आधारमा भिडिओ बनाउन सकिन्छ । त्यस्तै फोटोलाई भिडिओ अथवा सामान्य भिडिओलाई कार्टुनमा बनाउन सकिन्छ । यसका साथै भिडिओको कुनै एउटा निश्चित भागलाई मात्र एनिमेट गर्न सकिन्छ । 

अन्य उपयोगी टुल

यस भागमा हामिले थप उपयोगी एआई टुलबारे जानकारी दिएका छौं: 

सुपर रेजोलुसनबाट कुनै पनि कम गुणस्तरका (रेजुलेसन कम भएका)फोटोलाई उच्च गुणस्तर (बढी रेजुलेसन) को बनाउन सक्छ । विशेष गरेर प्रकाश नमिलेको अवस्थामा खिचेको फोटो अथवा धेरै पुराना फोटोहरूलाई यसबाट राम्रो फोटो बताउन सकिन्छ ।

टेन्सर पिक्सबाट भने फोटोको नभइ भिडिओको गुणस्तर बढाउन सकिन्छ । पुराना तथा कम गुणस्तरका फोटोलाई अलि राम्रो बनाउन यो टुल उपयोगी हुन सकिन्छ ।

रिफेस एआईबाट कुनै पनि अनुहारलाई फेर्न सकिन्छ । अर्थात् फोटो/भिडिओ भित्र भएको वास्तविक फोटोलाई कुनै पनि अर्को अनुहार हालेर परिवर्तन गर्न सकिन्छ । 

हटपट एआईको करलाइज टुलले श्यामस्वेत फोटोलाई रङ्गीन बनाउन सकिन्छ । ‍पुराना फोटोलाई यो एआई टुलको माध्यमबाट सजिलै एक क्लिकमा रङ्गिन बनाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १६:९