close

प्यालेस्टाइनबारे ओपनएआई नकारात्मक भएको भन्दै ह्याकरले गराए च्याटजीपीटी डाउन

टेकपाना टेकपाना

पुस १, २०८० १२:३४

प्यालेस्टाइनबारे ओपनएआई नकारात्मक भएको भन्दै ह्याकरले गराए च्याटजीपीटी डाउन

 

काठमाडौं । एक ह्याकर समूहले च्याटजीपीटी डाउन गराएको दाबी गरेको छ । ‘एनोनिमस सुडान’ नामकाे ह्याकर समूहले गत डिसेम्बर ८ र १३ मा च्याटजीपीटी डाउन हुँदा आफ्नाे हात रहेकाे उल्लेख गरेकाे हाे । डिसेम्बर ८ र १३ मा क्रमशः ९० र ४० मिनेट विश्वभर च्याटजीपीटी डाउन भएकाे थियाे ।

ओपनएआईका अनुसार त्यही बीचमा वेबसाइटमा अन्य विविध समस्या पनि आएका थिए । कम्पनीले हालसम्म च्याटजीपीटी डाउन हुनुको वास्तविक कारण खुलाएको छैन । तर ‘एनोनिमस सुडान’ ह्याकर समूहले च्याटजीपीटी आफूहरूले गर्दा डाउन भएको दाबी गरेको छ ।

टेलिग्राम च्यानलमा पोस्ट राख्दै उक्त ह्याकरको समूहले भनेको छ, “जेनोसाइड समर्थक ताल ब्रोदालाई बर्खास्त नगरेसम्म र च्याटजीपीटीले अमानवीय धारणा दिन बन्द नगरेसम्म हामी निरन्तर त्यसमाथि आक्रमण गरिरहन्छौं ।”

ताल ब्रोदा ओपनएआईका अनुसन्धान प्रमुख हुन् । यस घटनामा ब्रोदासँग विभिन्न सञ्चार माध्यमले कुरा गर्न खोजेका थिए । तर, उनले हालसम्म पनि त्यस विषयमा कुनै धारण दिएका छैनन् । ओपनएआई डाउन बनाएको समूहले ब्रोदा आफ्नो व्यक्तिगत विचारभन्दा बाहिर गएको समेत उल्लेख गरेको छ । 

सीईओ साम अल्टम्यानको इजरायलसँगको सम्बन्ध र कम्पनीले इजरायलको पेसागत स्थितिमा गरेको सहकार्यका कारण ओपनएआई तथा च्याटजीपीटीलाई लक्षित गरेको एनोनिमस सुडानले उल्लेख गरेको छ ।

च्याटजीपीटी प्यालेस्टाइनको विरुद्ध र इजरायलको पक्षमा भएको समेत सो समूहको दाबी छ । उक्त समूहले च्याटजीपीटी डाउन गर्न डिनायल अफ सर्भिस वा डीडीओएस अट्याक गरेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ । यसले गर्दा साइटमा अत्यधिक ट्राफिक आउँछ र साइट डाउन हुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १, २०८० १२:३४