close

डिजिटल भुक्तानी गर्दा सार्वजनिक वाईफाई प्रयोग नगर्नुः एनसीएचएल

टेकपाना टेकपाना

पुस २, २०८० १८:३७

डिजिटल भुक्तानी गर्दा सार्वजनिक वाईफाई प्रयोग नगर्नुः एनसीएचएल

काठमाडौं । नेपाल क्लियरिङ हाउसले डिजिटल भुक्तानीका क्रममा कुनै पनि सार्वजनिक वाईफाई प्रयोग नगर्न आग्रह गरेको छ । कनेक्ट आईपीएसको सञ्चालक संस्थाको रूपमा समेत रहेको एनसीएचएलले जनचेतनाका लागि यस्तो अनुरोध गरेको हो ।

"मोबाइल तथा अन्य उपकरणबाट कुनै पनि वित्तीय कारोबार गर्दा पब्लिक वाईफाईको प्रयोग नगरौं," कम्पनीले भनेको छ । पब्लिक वाईफाई प्रयोग गर्दा बैंक तथा डिजिटल वालेटको खाताको संवेदनशील विवरणहरू चोरी हुन सक्ने तथा रकम नै चोरी हुन सक्ने जोखिम रहन्छ ।

यदि पब्लिक वाईफाई प्रयोग गर्नै परेको खण्डमा भीपीएन अन गरी पब्लिक वाईफाईमा जोड्नुपर्ने हुन्छ । यसो गर्दा पब्लिक वाईफाईमा नियन्त्रण जमाउन सक्ने साइबर अपराधी वा सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताको विवरणमा पहुँच बनाउन सक्दैनन् ।

पछिल्लो अध्यावधिक: पुस २, २०८० १८:३७