close

भोलि काठमाडौंमा गुगल डेभलपर ग्रुपको सम्मेलन, ३०० बढी सहभागी हुने

टेकपाना टेकपाना

पुस ६, २०८० १८:४८

भोलि काठमाडौंमा गुगल डेभलपर ग्रुपको सम्मेलन, ३०० बढी सहभागी हुने

 

काठमाडौं । गुगल डेभलपर ग्रुप (जीडीजी) काठमाडौंको आयोजनामा भाेलि 'डेभ फेस्ट काठमाडौं २०२३' आयोजना हुने भएको छ । वुमन टेकमेकर्स काठमाडौंसँग सहकार्य गरेर जीडीजीले यो कार्यक्रम गर्न लागेको हो ।

व्यावसायिक तथा नयाँ डेभलपरका साथै सूचना प्रविधि क्षेत्रका अन्य व्यक्तिहरूलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गर्न लागिएको जीडीजी काठमाडौंका लिडर विवेक ढकालले जानकारी दिए । उनका अनुसार कार्यक्रममा भारतबाट तीन जना, बङ्गलादेशबाट एक जना र नेपालबाट नौ जना विज्ञकाे प्रस्तुति रहनेछ ।

काठमाडौंकाे नयाँ बानेश्वरस्थित अल्फा हाउसमा ३०० बढीकाे सहभागितामा हुने डेभ फेस्टमा विश्वभर चर्चामा आएका प्रविधिको बारेमा छलफल हुने उनले सुनाए । त्यसबाहेक मसिन लर्निङ, क्लाउड सर्भिस, डेभ अप्सका बारेमा वृहत अन्तर्क्रिया हुनेछ ।

"पछिल्लो समय एआईको चर्चा बढेको छ," उनले भने, "यस्ता एआईको बारेमा पनि कन्फेरेन्समा चर्चा हुन्छ । हालै गुगलले सार्वजनिक गरेको जेमनाइ एआईको बारेमा पनि छलफल हुन्छ । एआईको भविष्य के छ, त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी हुन्छ ।"

कार्यक्रम जीडीजी काठमाडौंको युट्युब च्यानलमा लाइभ हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८० १८:५०