close

तपाईंले पछिल्लो वर्ष युट्युबमा कुन गीत सबैभन्दा बढी सुन्नुभयो ? थाहा पाउन यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस ९, २०८० १२:१४

तपाईंले पछिल्लो वर्ष युट्युबमा कुन गीत सबैभन्दा बढी सुन्नुभयो ? थाहा पाउन यसो गर्नुहोस्

काठमाडौं । युट्युब म्युजिकले सन् २०२३ देखि वर्षभर प्रयोगकर्ताले सबैभन्दा बढी कुन म्युजिक भिडिओ हेरे वा म्युजिक सुने भन्ने ‘रिक्याप’ उपलब्ध गराउन थालेको छ । स्पोटिफाईको यो फिचर एप्पलले म्युजिक रिप्लेका रूपमा उपलब्ध गराउन थालेको थियो । 

तर, एप्पलको सो फिचर धेरै समय टिक्न सकेन । त्यसैलाई पछ्याउँदै युट्युबले पनि म्युजिक रिक्याप उपलब्ध गराउन थालेको हो । 

युट्युबले म्युजिक रिक्यापसँगै यो वर्ष विशेष तीन ओटा फिचर सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले युट्युबमा कस्टम एल्बम आर्ट, म्युजिक मुड्स र आफूलाई मन परेको गीतमा गुगल फोटोमा सफल (Suffle) गर्न सक्ने छन् । 

साथै, पहिलो पटक तपाईंले अब युट्युबको म्युजिक एपमा आफूले कुन गायकको कुन म्युजिक कति समयसम्म सुन्नुभयो भन्ने हेर्न सक्नुहुन्छ । 

 

- युट्युब म्युजिक रिक्याप हेर्नका लागि सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् । 

- अनि तल दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

- उक्त सेक्सनमा तपाईं २०२३ को म्युजिक रिक्यापको सेक्सन देख्न सक्नुहुन्छ । 

- उक्त सेक्सनमा ट्याप गरिसकेपछि तपाईंले सबैभन्दा बढी कुन गीत कति समय सन्नुभयो भन्ने देखिन्छ । 

- यदि युट्युबमा उक्त सेक्सन देखिएको छैन तपाईंले युट्युबको म्युजिक एपबाट पनि रिक्याप हेर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले आफ्नो डिभाइसमा युट्युब म्युजिक एप इन्स्टल गर्नुहोस् । 

अब युट्युब म्युजिक एप खोल्नुहोस् । 

 

- अनि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

- यति गरेपछि त्यहाँ देखिएको ‘योर रिक्याप’ (Your Recap) भन्ने अप्सनमा ट्याप गर्नुहोस् । 

- यति गरेपछि ‘रिक्याप’, टप आर्टिस्ट, योर एल्बम कभर, टप ट्रयाक, टप प्लेलिस्ट, म्युजिकल मुड्स र समरीको अप्सन देखिन्छ । 

- ‘गेट योर रिक्याप’ भन्ने अप्सनमा ट्याप गरेर तपाईंले सन् २०२३ मा कति मिनेट युट्युबमा गीत सुन्नुभयो, तपाईंको टप आर्टिस्ट कुन हो जस्तो विवरण देखिन्छ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८० १२:१४