close

नेपाली युट्युबर उमा राई सिक्किममा पक्राउ

टेकपाना टेकपाना

पुस १५, २०८० १६:३७

नेपाली युट्युबर उमा राई सिक्किममा पक्राउ

काठमाडौं । भ्लगर/युट्युबर उमा चाम्लिङ राई सिक्किमबाट पक्राउ परेकी छिन् । साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा सिक्किम प्रहरीले खोटाङकी राईलाई पक्राउ गरेको हो ।

राईले पछिल्ला युट्युब भिडिओमा सिक्किमका राई समुदायलाई आफ्नो अधिकारका लागि खडा हुन आह्वान गरेकी थिइन् । ती भिडिओ हेरेर सिक्किमको क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम)की नेतृ सिला राईले सदर पुलिस स्टेसनमा उजुरी दिएकी थिइन् । उनकाे उजुरीमा भारतकाे आगामी विधानसभा चुनावलाई प्रभाव पार्ने उद्देश्यले सिक्किमका बासिन्दाबीच साम्प्रदायिक हिंसा र आतङ्क फैलाउन खाेजिएकाे उल्लेख छ ।

उक्त उजुरीका आधारमा प्रहरीले उमालाई शनिवार पक्राउ गरेको भारतीय सञ्चारमाध्यम द प्रिन्टले जनाएकाे छ । राईलाई त्यहाँकाे स्थानीय अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेकाे छ ।

यता सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)का कार्यकर्ताहरूले भने राईकाे रिहाइ माग गरिरहेका छन् ।

अपडेट: साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा पक्राउ परेकी राई तारेखमा रिहाई भएकी छन् ।

पछिल्लो अध्यावधिक: पुस १७, २०८० १४:११