close

साओमीले घटायो आफ्नो स्मार्टफोन रेड्मी १२ सीको मूल्य

टेकपाना टेकपाना

पुस १७, २०८० २०:४०

साओमीले घटायो आफ्नो स्मार्टफोन रेड्मी १२ सीको मूल्य

काठमाडौं । साओमीले अङ्ग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा आफ्नो स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यका साथ रेड्मी १२ सीमा अफर स्वरूप सस्तो तुल्याइएको कम्पनीले जनाएको छ ।

मिडियाटेक हेलियो जी ८५ प्रोसेसरमा आधारित रेड्मी १२ सीमा गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट पर्फर्मेन्स पाउन सकिने कम्पनीको भनाई छ । यो फोनको पछाडि भागमा ५० मेगापिक्सेलको मुख्यसहित दुई ओटा क्यामेरा दिइएका छन् ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनका लागि यो फोनमा पाँच हजार एमएएच क्षमताको ब्याट्रीका साथै ६.७१ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ ।

फोनको पिङ्गरप्रिन्ट सेन्सरले प्रयोगकर्ताको डेटा २४ सै घण्टा सातै दिन सुरक्षित हुने दाबी कम्पनीले गरेको छ ।

रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रिन गरी तीन ओटा रंगहरूमा उपलब्ध छ । यसको चार जीबी र्‍याम तथा ६४ जीबी र छ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज गरी दुई भेरियन्टमा पाउन सकिन्छ ।

४/६४ जीबी भेरियन्टको मूल्य १४ हजार ४९९ रहेकोमा नयाँ मूल्य १२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भने ६/१२८ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ बाट घटाएर १५ हजार ९९९ रुपैयाँ राखिको छ ।

रेड्मी १२ सी देशभर रहेका साओमीका सबै अधिकृत स्टोर, आधिकारिक खुद्रा बिक्रेता र ई–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।

 

पछिल्लो अध्यावधिक: पुस १७, २०८० २०:४०