टेकपाना
पुस २५, २०८० १२:३५
काठमाडौं । आज बिहानदेखि फोनपेका सबै सेवा अवरुद्ध भएका छन् ।
एक सूचना जारी गर्दै फोनपेले बिहान ५:०६ बजेदेखि प्राविधिक कारणले आफ्ना सबै सेवा अवरुद्ध हुन गएको जानकारी दिएको छ ।
बिहानैदेखि पेमेन्ट सिस्टममा समस्या हुँदा फोनपेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।
कम्पनीले यो समस्या यथाशीघ्र समाधान गरी सेवा सुचारु गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस २५, २०८० १३:४