close

टाटा र भारती एयरटेलमार्फत २०० जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याउँदै टेलिकम

टेकपाना टेकपाना

माघ २, २०८० १४:८

टाटा र भारती एयरटेलमार्फत २०० जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याउँदै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिदका लागि टाटा र भारती एयरटेलसँग सम्झौता गरेको छ । कम्पनीले गत चैत १६ मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत २०० जीबीपीएस ब्यान्डविथ खरिदका लागि टेन्डर आह्वान गरेकोमा यी दुई कम्पनीले सारभूतरुपमा प्रभावग्राही भई ब्यान्डविथ उपलब्ध गराउने जिम्मेवारी प्राप्त गरेका हुन् ।

यसअनुसार टाटाले आवश्यक ब्यान्डविथको ६० प्रतिशत र भारती एयरटेलले ४० प्रतिशत ब्यान्डविथ उपलब्ध गराउने छन् । यसअघि एयरटेल, टाटा र चाइना टेलिकममार्फत उपलब्ध रहेको ब्यान्डविथमा थप ब्यान्डविथ उपलब्ध हुने टेलिकमले जनाएको छ ।

याे सम्झौता तीन वर्षको रहेको छ । हाल खरिद हुँदै आएको ब्यान्डविथको दरभन्दा निकै कम दरमा उपलब्ध हुने भएकोले कम्पनीको खर्चमा कटौती हुन जाने र सेवाग्राहीलाई सस्तो दरमा सेवा उपलब्ध गराउन सहज हुने टेलिकमको विश्वास छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०८० १७:१