close

अब खल्तीबाट क्यूआर भुक्तानी गर्दा ‘कोइली’ कराउने

टेकपाना टेकपाना

माघ ४, २०८० ११:५९

अब खल्तीबाट क्यूआर भुक्तानी गर्दा ‘कोइली’ कराउने

काठमाडौं । डिजिटल वालेट खल्तीले अब क्यूआर कोडसँगै साउन्ड बक्ससमेत उपलब्ध गराउने भएको छ । वालेटबाट रकम काटिँदा भुक्तानी सफल भए/नभएको थाहा पाउन समस्या हुने भएपछि कम्पनीले साउन्ड बक्स पनि उपलब्ध गराउने भएको हो ।

कम्पनीले यसका लागि बिट्सक्राफ्ट कम्पनीसँग सहकार्य गरेको छ । बिस्टक्राफ्ट ‘कोइली- इन्स्याटन्ट पेमेन्ट भ्वाइस नोटिफिकेसन’ डिभाइस निर्माता हो ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बिट्सक्राफ्टसँग उक्त डिभाइसका लागि सम्झौता भएको बताए । माघको अन्त्यसम्ममा  मर्चेन्टलाई रेन्टल मोडेलमा अडियो क्यूआर डिभाइस उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १२:७