close

एक्सबाट आएको आम्दानी १० जनालाई ३३ लाखका दरले बाँड्दै मिस्टर बिस्ट

टेकपाना टेकपाना

माघ ९, २०८० १३:५

एक्सबाट आएको आम्दानी १० जनालाई ३३ लाखका दरले बाँड्दै मिस्टर बिस्ट

काठमाडौं । चर्चित युट्युबर मिस्ट बिस्टले एक्समा राखेको पहिलो भिडिओबाट भएको आम्दानी १० जनालाई बाँड्ने भएका छन् । सोमवार एक्समा एक पोस्ट राख्दै बिस्टले १० जनालाई उक्त रकम बाँड्नै घोषणा गरेका हुन् । 

“जसले यो पोस्ट रिपोस्ट गरेर मलाई फलो गर्छन्, त्यसमध्ये १० जनालाई म २५ हजार डलर दरले दिंदैछु,” उनले लेखेका छन् ।

एक्समा राखेको पहिलो भिडिओबाट एक सातामा दुई लाख ५० हजार डलर आम्दानी गरेको उल्लेख गरेका थिए । त्यही रकम १० जनालाई बाँड्न लागेको उनको भनाइ छ ।

विजेता सो पोस्ट राखेको ७२ घण्टापछि छनोट गर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

एक्समा राखेको एउटै भिडिओबाट मिस्टर बिस्टले कमाए साढे ३ करोड रुपैयाँ

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १३:५