काठमाडौं । चर्चित युट्युबर मिस्ट बिस्टले एक्समा राखेको पहिलो भिडिओबाट भएको आम्दानी १० जनालाई बाँड्ने भएका छन् । सोमवार एक्समा एक पोस्ट राख्दै बिस्टले १० जनालाई उक्त रकम बाँड्नै घोषणा गरेका हुन् ।
“जसले यो पोस्ट रिपोस्ट गरेर मलाई फलो गर्छन्, त्यसमध्ये १० जनालाई म २५ हजार डलर दरले दिंदैछु,” उनले लेखेका छन् ।
एक्समा राखेको पहिलो भिडिओबाट एक सातामा दुई लाख ५० हजार डलर आम्दानी गरेको उल्लेख गरेका थिए । त्यही रकम १० जनालाई बाँड्न लागेको उनको भनाइ छ ।
विजेता सो पोस्ट राखेको ७२ घण्टापछि छनोट गर्ने उनको भनाइ छ ।
I’m gonna give 10 random people that repost this and follow me $25,000 for fun (the $250,000 my X video made)
— MrBeast (@MrBeast) January 22, 2024
I’ll pick the winners in 72 hours
सम्बन्धित समाचार
एक्समा राखेको एउटै भिडिओबाट मिस्टर बिस्टले कमाए साढे ३ करोड रुपैयाँ
पछिल्लो अध्यावधिक: माघ ९, २०८० १३:५
