close

टिकटकका पुराना भिडिओ क्लिप प्रयोग गरी समाचार बनाइएपछि गायिका एलिना चौहानको आपत्ति

टेकपाना टेकपाना

माघ ९, २०८० १४:४४

टिकटकका पुराना भिडिओ क्लिप प्रयोग गरी समाचार बनाइएपछि गायिका एलिना चौहानको आपत्ति

काठमाडौं । समाचार बनाउन टिकटकका पुराना भिडिओ प्रयोग भएपछि गायिका एलिना चौहानले आपत्ति जनाएकी छिन् । मङ्गलवार सामाजिक सञ्जालमा पोस्ट राख्दै चौहानले पछिल्लो समय विभिन्न मिडियामा आएका समाचार र ती समाचारमा प्रयोग गरिएका भिडिओ क्लिपप्रति आपत्ति जनाएकी हुन् ।

“कोही सामान्य गफ गरेको भरमा मलाई नसोधी मेरो इच्छा बिना समाचार बनाउँछन्,” उनले लेखेकी छिन्, “कोही मैले देशलाई नै घात पुर्‍याउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन् ।”

उनले अगाडि लेखेकी छिन्, “र फेरि त्यही समाचार अनुसार मेरा पुराना टिकटकमा रोएर अपलोड गरेका गीतहरूको भिडिओ प्रयोग गरेर भिडिओ समाचार बनाउँछन् । मानौं मेरो पीडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन् । मानौं मेरो स्थिति दर्शाउन खोजेका हुन् ।”

मानवता र संवेदनशीलतालाई विचार गरेर समाचार बनाउनु पर्ने उनको धारणा छ । यसरी व्यक्तिगत कुराहरू बाहिर ल्याउँदा त्यसले आफ्नो मानसिकतामा हानी पुर्‍याएको उनले पोस्टमा उल्लेख गरेकी छिन् ।

“अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझैं सम्बन्ध भएका सञ्चारकर्मीले पनि मलाई यसरी मानसिक पीडा दिन केही कसूर छाड्नु भएन,” उनले भनेकी छिन्, “जसरी हुन्छ आफ्नो कन्टेन्ट बिकाउनु छ सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पीडा किन नपुर्‍याओस् ।”

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १४:४४