close

मोबाइलमै भिडिओ एडिट गर्न मन छ ? प्रयोग गर्नुहोस् यी उपयोगी एप

टेकपाना टेकपाना

माघ २१, २०८० १४:३४

मोबाइलमै भिडिओ एडिट गर्न मन छ ? प्रयोग गर्नुहोस् यी उपयोगी एप

काठमाडौं । अहिलेको जमानामा भिडिओ एडिटिङ अनिवार्य सीप जस्तै बनेको छ । सामाजिक सञ्जालको लोकप्रियताले भिडिओको महत्त्वलाई थप बढाइदिएको छ । 

यदि भिडिओ एडिट गर्ने रुचि छ, तर त्यसका लागि आवश्यक पर्ने कम्प्युटर छैन भने तपाईंले मोबाइलमै यो काम गर्न सक्नुहुन्छ । यसबाट आधारभूत कुरा सिकेर पछि अपग्रेड हुन सक्नुहुन्छ । 

आज हामी तपाईंलाई मोबाइलमै भिडिओ एडिट गर्न सकिने महत्त्वपूर्ण एपबारे बताउँदै छौं:

काइनमास्टर (kinemaster)

काइनमास्टर भिडिओ एडिटिङ एपमध्येको उत्कृष्ट एक हो । तपाईंले यस एपका सबै फिचरलाई राम्रोसँग बुझ्नुभयो भने अर्को कुनै एपको आवश्यकता महसुस गर्नुहुने छैन ।

यसका लागि कम्पनीले कयौं एड्भान्स्ड फिचरहरू दिएको छ । जसमा एडिटिङका लागि ग्रिन स्क्रिन, ब्याकग्राउन्ड रिमुभल आदि छन् । 

एपमा कयौं यस्ता फिचर छन्, जुन प्रिमियम भिडिओ एडिटिङ सफ्टवेयरमा आउँछन् ।

तर एन्ड्रोइड भर्सन ५.० वा त्यसभन्दा माथिल्ला भर्सनमा मात्र यसले काम गर्छ । 

यसको सशुल्क र नि:शुल्क दुवै भर्सन छ । वाटरमार्क सहित यो एप निःशुल्क प्रयोग गर्न सकिन्छ । तर सशुल्कमा वाटरमार्क हट्नुका साथै अतिरिक्त फिचरमा पहुँच पाउन सकिन्छ । 

एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

इनशट (InShot)

यो एप पनि धेरैको रोजाइमा पर्दै आएको छ । यसबाट भिडिओ एडिटिङ गर्दा क्याप्सन दिन सहज छ । एकसाथ कयौं लेयर बनाएर एडिटिङको काम गर्न सकिने सुविधा छ । साथै फरकफरक सामाजिक सञ्जालका लागि भिडिओ फर्म्याट चयन गर्ने विकल्प पाउन सकिन्छ ।​

प्रयोगकर्तामैत्री एपको रुपमा रहेको इनशट कुनै नयाँ प्रयोगकर्ताले केही मिनेटमै सही रुपमा प्रयोग गर्न सक्छन् । यो एप निःशुल्क छ । तर एपबाट भिडिओ एक्स्पोर्ट (एडिटिङ गरेपछि फाइल बनाउने काम) गर्दा वाटरमार्क आउने गर्दछ ।

त्यो हटाउन भने सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ । यद्यपि केही सेकेन्डका अन्य भिडिओ हेरेर वाटरमार्क हटाउने विकल्प पनि एपमा दिइएको छ । यदि तपाईंको फोनमा एन्ड्रोइड ५ वा त्यसमाथिको भर्सन छ भने यो एप सहजै प्रयोग गर्न सक्नुहुनेछ ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

भिटा (Vita)

यदि तपाईं युट्यबुर बन्न चाहनुहुन्छ भने यो एप उपयोगी हुन सक्छ ।

भिटाको सहयोगमा तपाईं गज्जबको भिडिओ एडिटिङ गर्न सक्नुहुन्छ । यदि तपाईं फोटोबाट सानदार भिडिओ बनाउन चाहनुहुन्छ यो एप राम्रो विकल्प हो ।

फोटोका लागि तपाईंले एपलाई केही पर्मिसन दिनुपर्ने हुन्छ । यसमा तपाईंले ब्याकग्राउन्ड म्युजिक समेत राख्न सक्नुहुन्छ ।

यो एपमा एडिटिङका लागि प्रोफेसनल भिडिओ तयार पार्न सकिने टुल तथा फिचरहरू छन् । यसको सेटिङमा गएर तपाईं वाटरमार्क राख्ने वा नराख्ने भन्ने विकल्प पनि चयन गर्न सक्नुहुन्छ । 

यो एप निःशुल्क चलाउन सकिन्छ ।

​एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

भिडिओशो (VideoShow) 

भिडिओशो एप पनि धेरैले प्रयोग गर्छन् । यसको राम्रो विशेषता भनेको तपाईं एचडी क्वालिटीको भिडिओ एडिट गर्न सक्नुहुन्छ । जब तपाईं यो एपको माध्यमबाट कुनै एडिटिङ सुरु गर्नुहुन्छ, त्यसका लागि तपाईंले एउटा थिम छनौट गर्नुपर्ने हुन्छ ।

त्यसपछि भिडिओमा राख्न चाहेका फोटोहरू छनोट गर्नुपर्ने हुन्छ । यसरी केही मिनेटमै एपले भिडिओ तयार पारिदिन्छ । यसबाहेक टेक्स्ट समेत आफ्नो रुचिको स्टाइलमा चयन गर्न सकिन्छ । यसमा तपाईं ब्याकग्राउन्ड म्युजिक राख्न सक्नुहुन्छ । दुई वा सोभन्दा बढी भिडिओ एकसाथ जोड्न पनि सक्नुहुन्छ । 

भिडिओ कतै (सामाजिक सञ्जालमा) स्ट्रिम गर्ने अप्सन पनि यो एपले दिन्छ । यो एप प्रयोग गर्न सिक्ने कुरामा पनि धेरै समय लाग्दैन । यसमा जुम इन, जुम आउट जस्ता कयौं आकर्षक फिचर समेत छन् ।यो एप प्रयोग फोनमा एन्ड्रोइड ५.० वा त्यसभन्दा माथिको भर्सन हुन जरुरी छ । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् 

पावरडिरेक्टर (PowerDirector)

पावरडिरेक्टर एप पनि भिडिओ एडिटिङका लागि धेरै प्रयोगकर्ताले रुचाएको एप हो । यद्यपि प्रोफेसनल काम गर्ने प्रयोगकर्ताले बढी प्रयोग गर्छन् ।

यसमा ग्रिन स्क्रिन, स्ट्रिम, स्प्लाइस, रोटेट, ब्राइटनेस कन्ट्रोल जस्ता एडिटिङका प्रिमियम फिचरहरू छन् । एपमा तपाईंले पीआईपी अर्थात् पिक्चर इन पिक्चरको सपोर्ट समेत पाउन सक्नुहुन्छ ।  यी फिचरले कमजोर वा निम्न प्रोसेसर भएका स्मार्टफोनमा भने काम गर्दैनन् ।

एप निःशुल्क प्रयोग गर्न सकिन्छ । तर त्यसमा वाटरमार्क रहने गर्दछ । यसलाई हटाउन सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।

एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

यी बाहेक पनि अहिले बजारमा थुप्रै राम्रा भिडिओ एप उपलब्ध छन् । अझ पछिल्लो समयमा एआई एकीकृत गरिएका एप पनि आउन थालेका छन् ।फिल्मोरा, क्यान्भा, क्यापकट, भिभाभिडिओ, फिल्ममेकर प्रो केही उदाहरण हुन् ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८० १५:७