काठमाडौं । विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपाली बजारमा व्यावसायिक प्रयोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको छ । १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले विभिन्न नौ प्रकारका प्रिन्टर ल्याएकाे हो ।
कलंकीस्थित बेलियो एक्सपिरियन्स सेन्टरमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक हेभी ड्युटी प्रिन्टर, कपी र स्क्यानरले प्रिन्टिङ उद्योगमा पर्फमेन्स विश्वसनीयतामा नयाँ मानक कायम गर्ने विश्वास लिइएको छ । बेलियो सेन्टरमा ब्रदरका पछिल्ला नवीनतम् प्रिन्टर हेर्न मात्र नभएर अनुभव समेत गर्न सकिन्छ ।
नयाँ प्रिन्टर माेडेलमा HL-L5210DN, HL-L5210DW, HL-L6210DW, HL-L6410DN, DCP-L5510DN, DCP-L5510DW, MFC-L5710DW, MFC-L6710DW र MFC-L6910DN रहेका छन् ।
पत्रकार सम्मेलन तथा प्रोडक्ट सार्वजनिक भएसँगै चार दिने 'बेलियो एक्सपिरियन्स सेन्टरः मिट एन्ड ग्रिट कार्यक्रम समेत सुरु भएको छ । ८-१२ फेब्रुअरीसम्म चल्ने उक्त कार्यक्रममा रजिस्टर गराएका सहभागीले सम्पूर्ण उत्पादन तथा सोलुसन प्रत्यक्ष रूपमा हेर्न, विज्ञहरूसँग अन्तर्क्रिया गर्नुका साथै विशेष छुट तथा अफर प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रमका लागि रजिस्टर गराउने एक जना भाग्यशाली सहभागीले मेगा गिफ्ट ह्याम्परको रूपमा एक्स त्याब ल्यापटप प्राप्त गर्नेछन् । ब्रदर इन्टरनेसनलका क्षेत्रीय बिक्री निर्देशक तथा बोर्ड सदस्य अमित अलीले नेपालका लागि ब्रदरका पछिल्ला प्रिन्टर मोडेल प्रस्तुत गर्न पाउँदा आफूहरू अत्यन्तै उत्साहित रहेको बताए ।
''यी नयाँ प्रिन्टरले नेपाली उपभोक्ता र स्थानीय बजारका लागि उत्कृष्ट मूल्य सिर्जना गर्नेछ । यी केवल उत्पादन मात्र नभएर नेपालका व्यवसाय र व्यक्तिहरूको विविध किसिमको मागलाई सम्बोधन गर्नेगरी डिजाइन गरिएका सोलुसन्स हुन्,'' उनले भने, ''प्रिन्टिङ कार्यलाई सरल बनाउँदै उत्पादकत्व र प्रभावकारिता वृद्धि गर्ने हाम्रो लक्ष्य हो । नेपालमा रहेका ग्राहकहरूका लागि विशिष्ट प्रकारका प्रिन्टिङ सोलुसन उपलब्ध गराउने कार्यमा साझेदारको रूपमा सागर ग्रुपले देखाएको दृढ़ता र प्रतिवद्धताप्रति हामी कृतज्ञ छाैं ।"