close

साओमीको ब्राण्ड एम्बास्डरमा स्वस्तिमा खड्का

टेकपाना टेकपाना

माघ २८, २०८० १९:३७

साओमीको ब्राण्ड एम्बास्डरमा स्वस्तिमा खड्का

काठमाडौं । साओमी नेपालले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बास्डरको रूपमा नियुक्त गरेको छ । कम्पनीले आफ्नो ब्राण्ड प्रवर्द्धनका लागि हालै अभिनेत्री खड्कासँग सहकार्य घोषणा गरेको हो ।

यसबारे बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ''नेपालको लोकप्रिय अभिनेत्री एवं शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई साओमीको ब्रान्ड एम्बास्डरको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले साओमीले अझ उचाइ लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।''

यस्तै नवनियुक्त ब्रान्ड एम्बास्डर खड्काले भनिन्, ''साओमीको ब्राण्ड एम्बासडर हुन पाउँदा निकै गौरावान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र आईओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको सोओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा साओमीप्रति आभारी छु, मलाई आशा छ, यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ ।''
 

पछिल्लो अध्यावधिक: माघ २८, २०८० १९:३७