close

ह्वाट्सएपमा अब अरुको प्रोफाइल फोटोको स्क्रिनशट लिन नसकिने

टेकपाना टेकपाना

फागुन १०, २०८० ११:२२

ह्वाट्सएपमा अब अरुको प्रोफाइल फोटोको स्क्रिनशट लिन नसकिने

काठमाडौं । प्रयोगकर्ताको गोपनीयतालाई मध्यनजर गर्दै ह्वाट्सएपले प्रोफाइलको स्क्रिनशट ब्लक गर्ने फिचर ल्याउन लागेको छ । ह्वाट्सएपले केही सीमित क्षेत्रमा उपलब्ध गराएको यो फिचर आगामी साता सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन लागेको हो । 

इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपको जानकारी दिने प्लेटफर्म डब्लुएबेटाइन्फोका अनुसार भर्सन २.२४.४.२५ मा यो फिचर उपलब्ध भइरहेको छ ।

यससँगै कसैले पनि तपाईंको ह्वाट्सएप प्रोफाइलको स्क्रिनशट लिनसक्ने छैन । यदि उनीहरूले स्क्रिनशट लिन खोजेमा ‘Can’t Take a screenshot due to app restrictions.” भन्ने मेसेज देखिन्छ । 

हुन त ह्वाट्सएपले प्रयोगकर्ताको प्रोफाइल फोटो दुरुपयोग नहोस् भन्नका लागि पाँच वर्षअघिदेखि नै डाउनलोड गर्न नसकिने फिचर ल्याएको थियो । यसको मुख्य उद्देश्य भनेकै कसैले पनि ह्वाट्सएप प्रोफाइल डाउनलोड गरेर गलत ढङ्गले प्रयोग गर्न नसकोस् भन्ने थियो । तर, फोटो स्क्रिनशट गरेरै पनि दुरुपयोग गर्ने घटना बढेपछि ह्वाट्सएपले स्क्रिनशट लिनै नसकिने फिचर ल्याउन लागेको हो । 

तर, यदि यसैले ह्वाट्सएपको फोटो दुरुपयोग गर्ने योजना बनाएको छ भने उसले अर्को फोनबाट पनि फोटो खिच्न सक्छ । नयाँ फिचरले भने सोझै स्क्रिनशट लिएर त्यसलाई दुरुपयोग गर्नबाट निरुत्साहित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषकहरूले बताएका छन् ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८० ११:३१