close

ह्वाट्सएपमा पठाउने टेक्स्ट फरक स्टाइलको राख्नुपर्‍यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

फागुन १०, २०८० १२:५१

ह्वाट्सएपमा पठाउने टेक्स्ट फरक स्टाइलको राख्नुपर्‍यो ? यसो गर्नुहोस्

काठमाडौं । ह्वाट्सएपमा टेक्स्ट फर्म्याटिङको नयाँ फिचर आएको छ । बुधबार ब्लगिङ साइट थ्रेड्समा एक पोस्ट राख्दै ह्वाट्सएपले नयाँ टेक्स्ट फर्म्याटिङबारे जानकारी दिएको हो ।

यससँगै प्रयोगकर्ताले अब टेक्स्ट बोल्ड, बुलेट लिस्ट, ब्लक कोट, इनलाइन कोड र इटालिक बनाउन सक्नेछन् । त्यसका लागि टेक्स्ट बुलेट लिस्टमा राख्नका लागि टेक्स्टको अगाडि (-) राखेर मेसेज पठाउनुपर्ने हुन्छ ।

त्यस्तै (1.) गरी मेसेज पठाउनुभयो भने उक्त मेसेज नम्बर लिस्टका रूपमा जान्छ । (>) राखेर मेसेज पठाउनुभयो भने मेसेज कोट (भनाइ)का रूपमा सेन्ड हुन्छ । 

प्रयोगकर्ताले टेक्स्ट इनलाइन कोडका रूपमा पठाउन (‘Message’), बोल्डमा पठाउन (*Message*), इटालिकका लागि (_Message_) यस्तो कोड राखेर मेसेज पठाउन सक्नुहुन्छ । 

त्यसैगरी शब्दको बीचबाट लाइन काटियोस् भन्ने चाहनुहुन्छ भने मेसेजमा यस्तो (~Message~) टाइप गर्न सक्नुहुन्छ । र, मोनोस्पेसमा टेक्स्ट पठाउन (```Message```) टाइप गरेर पठाउन सक्नुहुन्छ ।

याद गर्नुहोस् सुरुवाती चरणमा यी सबै फर्म्याट सुरुवाती चरणमा डेक्स्टप भर्सनमा काम गर्छन् । कतिपय फर्म्याट मोबाइल एपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८० १३:१