close

एनसेल पसल एपमार्फत सिम, प्याक, रिचार्ज लगायतका सेवा बिक्री गर्नेलाई विशेष अफर

टेकपाना टेकपाना

फागुन १६, २०८० १४:१२

एनसेल पसल एपमार्फत सिम, प्याक, रिचार्ज लगायतका सेवा बिक्री गर्नेलाई विशेष अफर

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो एपमार्फत आबद्ध खुद्रा बिक्रेता, साना पसल सञ्चालन गर्ने व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरूप कम्पनीले देशभरका खुद्रा विक्रेतालाई प्रोत्साहन र पुरस्कृत गर्न बृहत् 'रिटेल इङ्गेजमेन्ट प्रोग्राम' सुरु गरेको हो ।

देशभर रहेका ५० हजार बढी खुद्रा विक्रेतालाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन् । यसरी आर्जन गरिएको प्वाइन्टको आधारमा उनीहरूले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकर सहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्ने बताइएको छ ।

खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल नामक रिटेलर एप मार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एनसेलको मोबाइल नम्बरसँगै आवश्यक कागजात राखेर जोसुकैले एनसेल पसल एपमार्फत सिम, प्याक, रिचार्ज, ब्यालेन्स ट्रान्सफर लगायतका कम्पनीका सेवा बिक्री गर्न सक्छन् । त्यस्ता खुद्रा बिक्रेताले थप प्रोत्साहन समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

कार्यक्रम अन्तर्गत राम्रो कार्य गर्ने एक हजारभन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताले विशेष उपहार प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक प्राप्त गर्ने छन् । खुद्रा विक्रेतालाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाको उपलब्धता सुनिश्चित गर्न यो कार्यक्रम ल्याइएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा ५०० भन्दा बढी फिल्ड फोर्स टोली सदस्य संलग्न हुनेछन् र प्रत्येक महिना १५० भन्दा बढी सदस्यलाई समेत उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरूप विभिन्न उपहार प्रदान गरिने बताइएको छ ।

हाल सञ्चालनमा रहेको रिटेल इङ्गेजमेन्ट प्रोग्राम र अन्य कार्यक्रमका साथ, एनसेल आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।

ग्राहकको सेवा अनुभवलाई थप सुधार गर्न एनसेलले नेटवर्कमा निरन्तर लगानी गरिरहेको छ र ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न आकर्षक अफर ल्याइरहेको छ । उदाहरणका लागि, एनसेलले हालैमात्र कर सहित १५० रुपैयाँदेखि सुरु हुने तीन ओटा डबल मजा प्याक ल्याएको छ ।

यस प्याकअन्तर्गत प्याकको समयसीमा समाप्त हुनु अघि ग्राहकले पुनः सोही प्याक खरिद गरेमा प्रत्येक पटकको पुनः खरिदमा बोनस स्वरूप डबल डेटाको लाभ लिन सक्छन् ।

एनसेल पसल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८० १४:१२