close

गुगल लेन्सबाट गरिएका सर्च पनि अब स्वत: सेभ भएर बस्ने

टेकपाना टेकपाना

फागुन २९, २०८० ११:२५

गुगल लेन्सबाट गरिएका सर्च पनि अब स्वत: सेभ भएर बस्ने

काठमाडौं । गुगल लेन्स अपरिचित वस्तु पहिचान गर्ने, कुनै शब्द अनुवाद गर्ने, पुस्तक, पीडीएफ, प्रिन्ट डकुमेन्टबाट अक्षरहरू कपी गर्ने जस्ता विभिन्न समस्याको एउटै समाधानको रूपमा रहेको छ । निःशुल्क प्रयोग गर्न सकिने यो टुल निकै उपयोगी र सहयोगी छ । यसै टुलमा गुगलले भिजुअल सर्च हिस्ट्री सेभ गर्न मिल्ने फिचर थपेको छ ।

अब गुगल लेन्सबाट कुनै पनि कुरा सर्च गर्दा स्वत: सेभ हुने र त्यसलाई पछि हेर्न सकिने भएको हो । यसअघि गुगल लेन्सबाट सर्च गर्दा खिचिएका तस्विर सेभ हुँदैन थे । ती फोटोबारे जानकारी आएपछि तस्विर स्वत: डिलिट हुने गर्थ्यो । अब भने गुगल लेन्सबाट सर्च गरिएका फोटोहरू पनि स्वत: सेभ हुने भएका हुन् ।   

धेरै प्रयोगकर्ताले प्रतिक्षा गरेको यो फिचर सुरुमा डिसेबल गरिएको अवस्थामा आउने छ । तपाईंले गुगलको ‘माई अकाउन्टर>डेटा प्राइभेसी>वेब एन्ड एप एक्टिभिटी’मा गएर यसलाई अन गर्नुपर्ने हुन्छ । 

हालै मात्र यो फिचर सार्वजनिक गरिएकाले तपाईंको सेटिङमा आइसकेको छैन भने केही हप्ता पर्खिनु पर्ने हुन सक्छ । अथवा यो फिचरको बारेमा तपाईंले नोटिफिकेसन मार्फत जानकारी पाउन समेत सक्नुहुन्छ । गुगलमा आफ्नो क्रियाकलापको हिस्ट्री हेर्न भने यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

 

पछिल्लो अध्यावधिक: फागुन २९, २०८० ११:२५