close

अब स्पोटिफाईमा म्युजिक भिडिओ पनि हेर्न मिल्ने

टेकपाना टेकपाना

चैत २, २०८० १६:४२

अब स्पोटिफाईमा म्युजिक भिडिओ पनि हेर्न मिल्ने

काठमाडौं । अब अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा म्युजिक भिडिओ हेर्न सकिने भएको छ । कम्पनीले एक ब्लग लेख्दै प्लेटफर्ममा म्युजिक भिडिओ सेवा समेत थपेको जानकारी दिएको हो ।

भिडिओ हेर्न मिल्ने फिचर हाल बेटा भर्सनका रुपमा रहेको कम्पनीले जनाएको छ । यसअन्तर्गत एड शीरन, डोजा क्याट, आइस स्पाइस, अलुना, असाके लगायतका सीमित कलाकारका गीतमा यो फिचर उपलब्ध गराइएको छ ।

त्यस्तै हाललाई बजारको आकार र स्थानीय प्रयोगकर्ताको आधारमा बेलायत, जर्मनी, इटाली, नेदरल्यान्ड्स सहितका ११ देशमा मात्र यो फिचर उपलब्ध छ । 

साथै अहिले यो फिचर स्पोटिफाईका प्रिमियम प्रयोगकर्ताले मात्र चलाउन पाउँछन् । भविष्यमा क्रमश: सबै ठाउँ र कलाकारका भिडिओमा यो फिचर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो फिचर प्रयोग गर्न ‘नाउ प्लेइङ स्क्रिन’मा गीत बजाइरहँदा 'स्विच टू भिडिओ' आइकन देखिन्छ । त्यसमा क्लिक गरेपछि डिस्प्लेको मध्यभागतिर भिडिओ प्ले हुन थाल्छ । जसलाई तपाईंले रोटेट गरेर फुल स्क्रिनमा समेत हेर्न सक्नुहुन्छ । यदि 'स्विच टु अडिओ'मा क्लिक गरे पहिलेको अवस्थामा नै इन्टरफेस परिवर्तन हुन्छ ।

म्युजिङ स्ट्रिमिङका रूपमा चिनिएको स्पोटिफाईले यसअघि नै भिडिओ पोडकास्ट, क्लिपजस्ता भिडिओसँग सम्बन्धित फिचर ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०८० १६:५४