काठमाडौं । फेसबुक र इन्स्टाग्राममा कहिलेकाहीँ रिल्स हेरिरहँदा विभिन्न कारणवश हराउन सक्छ । अनि फेरि हेरुँ भन्दा नभेटिन सक्छ । सायद धेरै समय रिल्स हेर्नमा बिताउनु हुन्छ भने तपाईं यो समस्याबाट गुज्रनु भएको हाेला ।
आज हामी हराएको रिल्स फेरि कसरी हेर्नेबारे जानकारी दिने छौं:
फेसबुक (मोबाइल एप)
१. फेसबुक एप खोल्नुहोस् ।
२. माथिल्लो बारमा भएको 'वाच' ट्याबमा क्लिक गर्नुहोस् ।
३. त्यसपछि माथिल्लो भागमै भएको प्रोफाइल आईकनमा क्लिक गर्नुहोस् । त्यहाँ विभिन्न विकल्प देखिन्छन् ।
४. त्यसमध्ये 'हिस्ट्री' मा क्लिक गर्नुहोस् ।
त्यहाँ तपाईंले हेरेका पछिल्लो भिडिओहरू देखिन्छ । यसका साथै तपाईंले सेभ गरेका रिल्स समेत हेर्न सक्नुहुन्छ । त्यसका लागि ‘हिस्ट्री’ क्लिक नगरेर ‘सेभ्ड भिडिओज्’ क्लिक गर्नु पर्ने छ ।
नोट: आईओएस डिभाइसमा पनि यही प्रक्रिया रहेको छ । फेसबुक लाइटमा भने हेरिसकेका रिल्स हेर्ने विकल्प छैन । सेभ्ड गरेका रिल्स भने हेर्न सकिन्छ ।
फेसबुक (डेस्कटप)
रिल्सको हिस्ट्री हेर्न मोबाइलमा जस्तै डेस्कटपमा पनि तरिका करिब उस्तै छ । यसका लागि तलको तरिका अपनाउनुहोस्:
-कुनै ब्राउजरबाट फेसबुकमा लगइन गर्नुहोस् ।
-आफ्नो फ्रोफाइल फोटोमा क्लिक गर्नुहोस् ।
-त्यहाँ देखिने विभिन्न विकल्पमध्ये 'सेटिङ्स एन्ड प्राइभेसी' मा ट्याप गर्नुहोस् ।
-अब त्यहाँ देखिने 'एक्टिभीटी लग' सेलेक्ट गर्नुहोस् ।
-त्यसपछि नयाँ ट्याबमा विभिन्न विकल्प देखिन्छन् । ती मध्ये 'भिडिओज् यु'भ वाच्ड'मा क्लिक गर्नुहोस् । अब त्यहाँ पहिले हेरेका भिडिओहरूको सूचि देखिन्छ ।
इन्स्टाग्राम
इन्स्टाग्राममा अहिले फेसबुक जसरी 'वाच हिस्ट्री' भने छैन । तर तपाईंले लाइक गर्नु भएको रिल्स भने हेर्न सक्नुहुन्छ । यसका लागि तलको तरिका अपनाउनुहोस् ।
१. इन्स्टाग्रामको एप खोल्नुहोस् ।
२. प्रोफाइल पिक्चरमा ट्याप गर्नुहोस् ।
३. माथिको तीन ओटा लाइन भएका मेनुमा क्लिक गर्नुहोस् ।
४. त्यहाँ ‘योर एक्टिभिटी’मा क्लिक गर्नुहोस् ।
५. अब त्यहाँ धेरै विकल्प आउँछन् । ती मध्ये अलि तल ‘लाइक्स’ छान्नुहोस् । नयाँ खुल्ने पेजमा तपाईंले हालसम्म लाइक गरेका पोस्ट, रिल्स एक मुष्टमा देखिन्छन् ।
६. रिल्स मात्र हेर्न माथिल्लो भागमा भएको ‘अल कन्टेन्ट टाइप्स’मा क्लिक गरेर रिल्स छान्नुहोस् ।
६.अब तपाईंले अहिले सम्म लाइक गर्नु भएका रिल्स देखिन्छन् ।
यसरी तपाईंले फेसबुक र इन्स्टाग्राममा पहिल्यै हेरिसकेका रिल्स तथा भिडिओ हेर्न सक्नुहुन्छ ।