close

ह्वाट्सएपमा अब तीन ओटा सम्म मेसेज पिन गर्न सकिने

टेकपाना टेकपाना

चैत ९, २०८० १५:४

ह्वाट्सएपमा अब तीन ओटा सम्म मेसेज पिन गर्न सकिने

काठमाडौं । मेटाको मेसेजिङ प्लेटफर्म ह्वाट्सएपमा अब एकभन्दा बढी मेसेज पिन गर्न सकिने भएको छ । बिहीवार ह्वाट्सएपले तीन ओटासम्म मेसेज पिन गर्न सकिने जानकारी दिएको हो ।

ह्वाट्सएपले गत डिसेम्बरमा मात्रै मेसेज पिन गर्ने फिचर ल्याएको थियो । जस अनुसार हाल वान-टू-वान र ग्रुप च्याटमा एउटा मात्र मेसेज पिन गर्न सकिन्छ । प्रयोगकर्ताले टेक्स्ट, इमेज, पोल, लिङ्क लगायतका विभिन्न मेसेज पिन गर्न सक्छन् । 

पहिल्यै पठाएका महत्त्वपूर्ण मेसेज हेर्न यो फिचर निकै उपयोगी हुने गर्छ । पिन गर्न कुनै पनि मेसेज केही सेकेन्ड थिचिरहनु पर्छ । त्यसपछि त्यहाँ आउने विकल्पहरू मध्ये 'पिन' मा क्लिक गर्नुपर्छ । सो क्रममा पिन गरिएको मेसेज देखिने अवधि २४ घण्टा, ७ दिन (डिफल्ट रहने) र ३० दिन छान्नुपर्ने हुन्छ ।

तीन ओटासम्म मेसेज पिन गर्ने फिचर घोषणा गरेपनि अहिले सक्रिय भने भइसकेको छैन । आउँदाे केही दिनमै यस फिचर आउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८० १५:५