close

होलीमा भीडभाड हुने ठाउँमा ड्रोनबाट निगरानी

टेकपाना टेकपाना

चैत ११, २०८० ९:४५

होलीमा भीडभाड हुने ठाउँमा ड्रोनबाट निगरानी

काठमाडौं । फागु पुर्णिमाको अवसरमा काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र बहादुर खत्रीले उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको जानकारी दिए ।

सम्भावित घटना हुन नदिन वितगका वर्षमा झैं भीडभाड हुने ठाउँमा ड्रोनबाट निगरानी गरिने पनि उनले बताए ।

एसएसपी खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौँ प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गरे ।

पछिल्लो अध्यावधिक: चैत ११, २०८० ९:४५