close

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

चैत २१, २०८० १९:२०

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । न्युज पोर्टल डिजाइनिङ सम्बन्धी अनलाइन तालिम हुने भएको छ । ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनीले १५ दिन लामो वेब डिजाइनिङ तालिम दिने भएको हो । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय न्युज पोर्टल वेबसाइट निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला यस्तो तालिम ल्याएको ‘ईकमर्श साथी’का प्रमुख कार्यकारी अधिकृत सीईओ विजय कुमालले बताए ।

“न्युज पोर्टल वेबसाइटको माग पनि बढिरहेको छ,” टेकपानासँग कुरा गर्दै कुमालले भने, “साथै न्युज पोर्टलहरू पनि त्यसरी नै सञ्चालन भएका छन् । तर, पत्रकारिताको आधारभूत पक्ष नै ख्याल नगरी समाचार राख्ने काम भइरहेका छन् । त्यसैले न्युज पोर्टल वेबसाइटसँगसँगै पत्रकारिताको आधारभूत तालिम पनि दिन लागेका हौं ।”

तालिममा सहभागी हुनेले न्युज पोर्टल डिजाइन गर्न, समाचार लेख्न, विज्ञापन डिजाइन गर्न, वेबसाइट दर्ता तथा कानुनी प्रक्रियाकाबारे समेत सिक्न पाउने उनले बताए । 

२९ चैतदेखि अनलाइनमार्फत यो तालिम बेलुकी सातदेखि आठ बजेसम्म सञ्चालन हुनेछ । कुमालका अनुसार १५ दिनमा सहभागीले थप सिक्न चाहे नयाँ सेसनमा सहभागी हुन पाउनेछन् । यसका लागि कम्पनीले पाँच हजार २०० रुपैयाँ शुल्क तोकेको छ । सहभागी हुन इच्छुकले यहाँ क्लिक गरेर दर्ता गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: चैत २१, २०८० १९:२०