काठमाडौं । नियोस्टोरले शून्य प्रतिशत ईएमआईमै ल्यापटप बिक्री गर्न थालेको छ । डेल, असुसजस्ता ब्रान्ड खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो ।
यो अफर अन्तर्गत ग्राहकले डेल र असुसका जुनसुकै ल्यापटप खरिद गर्न सक्नेछन् । यसका लागि सुरुमा ४० प्रतिशत रकममात्रै भुक्तानी गरे पुग्छ । बाँकी ६० प्रतिशत रकम भने तीन, छ, नौ वा १२ महिनाका लागि ईएमआईमा भुक्तानी गर्न सकिने छ ।
ईएमआईका रूपमा भुक्तानी गर्दा कुनै पनि ब्याज नलाग्ने (शून्य प्रतिशत ईएमआई) कम्पनीले जनाएको छ ।
ईएमआईमा ल्यापटप खरिद गर्न ग्राहकले सबैभन्दा पहिले ग्यारेन्टी बस्ने व्यक्ति खोज्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो र ग्यारेन्टी बस्ने व्यक्तिको नागरिकता, फोटो र आम्दानीको स्रोत खुल्ने कागजात बुझाउनुपर्ने हुन्छ ।
यसरी कागजात प्रमाणित भएपछि ग्राहकले सोही दिन ल्यापटप खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।
त्यसका साथै ग्राहकले ल्यापटप खरिदमा दुई वर्षको वारेन्टी र एक वर्षको बीमा पाउनेछन् । ल्यापटपमा भौतिक क्षति भएको खण्डमा बीमा दाबी गर्न पाइनेछ । यसअन्तर्गत ग्राहकले ५९ हजार ५०० रुपैयाँदेखि पाँच लाख ५५ हजार रुपैयाँसम्मका डेल र असुस ब्रान्डका ल्यापटप खरिद गर्न सक्नेछन् ।