close

गुगल फेरि बन्यो २० खर्ब डलरको कम्पनी

टेकपाना टेकपाना

बैशाख १५, २०८१ १४:४५

गुगल फेरि बन्यो २० खर्ब डलरको कम्पनी

 

काठमाडौं । गुगलको मुल कम्पनी अल्फाबेट इन्क आधिकारिक रूपमा फेरि दुई ट्रिलियन डलर अर्थात् २० खर्ब डलरको कम्पनी बनेको छ । शुक्रबार शेयर बजारमा मूल्य आकाशिए पछि गुगलको मूल्य २० खर्ब डलर कटेको हो । 

अहिले विश्वमा यो आँकडा पार पर्ने गुगल सहित जम्मा चार कम्पनी छन् । जसमा एनभिदिया (२२ खर्ब डलर), एप्पल (२६  खर्ब डलर) र माइक्रोसफ्ट (३० खर्ब डलर) पर्छन् । यसअघि गुगलले २०२१ नोभेम्बरमा यो आँकडा पार गरेको थियो । तर केही सातामै गुगल सो स्थानबाट ओर्लिएको थियो । 

शुक्रबार १० प्रतिशत बढीले प्रति शेयर मूल्य वृद्धि भएपछि गुगल पुन: २० खर्ब डलरको कम्पनी बनेको हो । गुगलले पहिलो पटक डिभिडेन्ड वितरण गर्नु र ७० अर्ब डलरको शेयर किन्ने घोषणा गर्नुलाई यसको कारण मानिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८१ १४:४५