close

एकैपटक इन्स्टाग्राम र थ्रेड्समा पोस्ट गर्न मिल्ने फिचर ल्याउँदै मेटा

टेकपाना टेकपाना

बैशाख २७, २०८१ ८:३९

एकैपटक इन्स्टाग्राम र थ्रेड्समा पोस्ट गर्न मिल्ने फिचर ल्याउँदै मेटा

काठमाडौं । मेटाले इन्स्टाग्राम र थ्रेड्समा सँगै पोस्ट गर्न मिल्दै फिचर ल्याउने तयारी थालेको छ । पछिल्लो समय थ्रेड्समा प्रयोगकर्ताको संख्या घटेपछि मेटाले यस्तो कदम चाल्न लागेको हो ।

यो फिचर उपलब्ध भइसकेपछि प्रयोगकर्ताहरूले इन्स्टाग्राम पोस्ट गर्दा सँगसँगै आफ्नो थ्रेड्स अकाउन्टमा पनि सोही पोस्ट गर्न सक्नेछन् । अहिले यस फिचरको विकल्प केही प्रयोगकर्ताहरूले पाइसकेका छन् । यो विकल्प कुनै पनि पोस्ट गर्दा देखिन्छ । जसमा 'शेयर टू थ्रेड्स' नामक नयाँ विकल्प आउँछ ।  त्यसमा क्लिक गरेर प्रयोगकर्ताले इन्स्टाग्राम र थ्रेड्समा सँगै पोस्ट गर्न सक्नेछन् । 

मेटाका अनुसार यो फिचर वैकल्पिक हुने छ । यद्यपि प्रयोगकर्ताले कुनै एउटा पोस्ट अथवा सबै पोस्टमा यो विकल्प अन गर्न सक्नेछन् ।

थ्रेड्समा प्रयोगकर्ता बढाउन पछिल्लो समय मेटाले विभिन्न फिचरहरू परीक्षण गरिरहेको छ । यसअघि मेटाले फेसबुकबाट थ्रेड्समा पनि पोस्ट गर्न मिल्ने परीक्षण सुरु गरेको थियो । हाल थ्रेड्समा साढे एक करोड बढी प्रयोगकर्ता रहेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८१ ९:५३