close

वाई-फाई टिपेन ? ल्यापटपलाई यसरी बनाउनुहोस् सेकेन्डरी राउटर

टेकपाना टेकपाना

जेठ ५, २०८१ १२:४३

वाई-फाई टिपेन ? ल्यापटपलाई यसरी बनाउनुहोस् सेकेन्डरी राउटर

काठमाडौं । हामी आफ्नै वाई-फाई राखेर इन्टरनेट चलाउँछौं भन्ने छैन । कहिलेकाहीँ छिमेकीको वाई-फाईबाट पनि काम चलाइरहेका हुन्छौं । त्यस्तोमा तपाईंले भनेकै ठाउँमा इन्टरनेट नचल्न सक्छ ।

यदि यस्तो समस्या भोगिरहनु भएको छ भने आफ्नो ल्यापटपलाई सेकेन्डरी राउटर बनाउन सक्नुहुन्छ । आज हामी यही तरिकाबारे जानकारी दिने छौं:

-आफ्नो ल्यापटपको सेटिङ>नेटवर्क एन्ड इन्टरनेट हुँदै मोबाइल हट्सपटमा जानुहोस् । अथवा सिधै हट्सपट (Hotspot) भनेर सर्च समेत गर्न सक्नुहुन्छ ।

 

-अब मोबाइल हट्सपटमा क्लिक गर्नुहोस् । यसक्रममा तपाईंले आफ्नो हट्सपटको पासवर्ड समेत सेटअप गर्न सक्नुहुन्छ । त्यसका लागि भने अलि तल रहेको इडिटमा क्लिक गर्नुहाेस् ।

अनि याद गर्नुपर्ने कुरा यदि तपाईंले ५ गिगाहर्ज नेटवर्क ब्यान्डको वाई-फाई कनेक्ट गरे २.४ गिगाहर्जको तुलनामा इन्टरनेट राम्ररी चल्छ । 

 

 

-अब आफ्नो स्मार्टफोनको वाई-फाई खोल्नुहोस् । त्यहाँ तपाईंले आफ्नो ल्यापटपको नाम देख्न सक्नुहुन्छ । 

यसरी तपाईंले राउटर नभएको अवस्थामा ल्यापटपलाई नै सेकेन्डरी राउटर बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८१ १३:९