close

ह्वाट्सएपले एक महिनामै ब्लक गर्‍यो ७२ लाख भारतीयको अकाउन्ट

टेकपाना टेकपाना

जेठ २१, २०८१ १२:२२

ह्वाट्सएपले एक महिनामै ब्लक गर्‍यो ७२ लाख भारतीयको अकाउन्ट

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले भारतका झन्डै ७२ लाख अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । मेटाको स्वामित्वमा रहेको सो प्लेटफर्मले गएको अप्रिल महिनामा ७१ लाख ८२ हजार अकाउन्टमाथि प्रतिबन्ध लगाएको हो ।​ यसमध्ये १३ लाख दुई हजार अकाउन्ट कम्पनी आफैंले प्रतिबन्ध लगाएको हो भने बाँकी अकाउन्ट अरू प्रयोगकर्ताले गरेको रिपोर्टका आधामा ब्लक गरिएको कम्पनीले जनाएको छ ।

भारतमा ह्वाट्सएपका ५५ करोड बढी प्रयोगकर्ता छन् । अकाउन्ट प्रतिबन्धका लागि १० हजार ५५४ बढी प्रयोगकर्ताले रिपोर्ट गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । प्रयोगकर्ता बाहेक भारतको अनलाइन विवाद समाधान संयन्त्र गुनासो पुनरावेदन समितिले अकाउन्ट प्रतिबन्धका लागि ह्वाट्सएपलाई रिपोर्ट गरेका थिए । र, कम्पनीले यसैलाई पालना गर्दै अकाउन्टमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।

त्यस्तै मार्चमा मात्रै ह्वाट्सएपले ७९ लाख भारतीय अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो । त्यतिबेला ह्वाट्सएप अकाउन्टहरूलाई १२ हजार ७८२ पटक रिपोर्ट गरिएको थियो । कम्पनीले अकाउन्ट निरीक्षण गर्न इन्जिनियर, डेटा वैज्ञानिक, विश्लेषक, अनुसन्धानकर्ता र कानून प्रवर्तन, अनलाइन सुरक्षा तथा प्रविधि विकासका विशेषज्ञ टोलीलाई खटाएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ १२:२२