close

टिकटकमा केही ब्रान्ड र सेलिब्रेटी लक्षित साइबर आक्रमण

टेकपाना टेकपाना

जेठ २३, २०८१ १५:१

टिकटकमा केही ब्रान्ड र सेलिब्रेटी लक्षित साइबर आक्रमण

काठमाडौं । छोटा आकारको भिडिओ शेयर गर्न मिल्ने सामाजिक सञ्जाल टिकटकले केही ब्रान्ड र सेलिब्रेटीको अकाउन्टलाई लक्षित गर्दै साइबर आक्रमण भइरहेको बताएको छ । अमेरिकी सञ्चार गृह सीएनएन, मिडियाकर्मी पेरिस हिल्टन लगायतको अकाउन्टलाई लक्षित गर्दै आक्रमण भएको टिकटकले उल्लेख गरेकाे छ ।

समाचार एजेन्सी रोयटर्स अनुसार उक्त साइबर आक्रमणबाट प्रभावित हुने समूह सानो छ । साथै प्रभावित प्रयाेगकर्तासँग सहकार्य गरेर टिकटकले समाधानकाे काम गरिरहेको पनि लेखेकाे छ ।

साइबर आक्रमण कसले किन गरेको र कस्तो असर परेकाे छ भन्ने विषयमा टिकटकले केही खुलाएको छैन । 

चिनियाँ कम्पनी बाइटडान्स अन्तर्गत रहेको टिकटकले पछिल्लो समय अमेरिकामा शेयर बेच्नुपर्ने दबाब झेलिरहेको छ । यद्यपि टिकटकले त्यसबाट बच्न अदालतमा मुद्दा दायर गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८१ १५:५