close

एक्सले हटायो लाइक ट्याब, अब के हुन्छ ?

टेकपाना टेकपाना

जेठ ३१, २०८१ ११:४९

एक्सले हटायो लाइक ट्याब, अब के हुन्छ ?

काठमाडौं । सामाजिक सञ्जाल एक्सले लाइक ट्याब हटाएको छ । ट्वीटरका रूपमा परिचित एक्सले सबै प्रयोगकर्ताका लागि पछिल्लो अपडेटमा बुधबारदेखि लाइक ट्याब हटाउन थालेको हो । 

विशेषगरी प्रयोगकर्ताको गोपनीयताका लागि भन्दै कम्पनीले यस्तो फिचर डिफल्ट रूपमा सुरु गरेको हो । यसअघि एक्समा कुनै पनि प्रयोगकर्ताले कुन पोस्ट लाइक गरेको छ भन्ने हेर्न सकिन्थ्यो । अर्थात् तपाईंले कुनै पोस्ट लाइक गर्नुभयो र आफ्नो प्रोफाइलमा रहेको ‘लाइक्स’ (Likes) ट्याबमा जानुभयो भने सबै लाइक गरिएका पोस्ट देखिन्थे ।

त्यसबाहेक त्यसरी नै अरूको प्रोफाइल खोल्दा अरूले कुन कुन पोस्टमा लाइक गर्छन् भन्ने हेर्न सकिन्थ्यो । अब भने अरूले कुन कुन पोस्टमा लाइक गरेका छन् भन्ने हेर्न सकिंदैन

यो फिचर यसअघि कम्पनीले प्रिमियम प्रयोगकर्तालाई मात्र उपलब्ध गराएको थियो । तर, बुधबारदेखि भने नयाँ अपडेट इन्स्टल गर्ने सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाएका छन् । एक्स खोल्नासाथ पपअप नोटिफिकेसन देखिन्छ । 

जसमा प्रयोगकर्ताको पोस्टमा बढी इङ्गेजमेन्ट हुने उल्लेख छ । त्यस्तै अरू कुनै पनि पोस्टमा आएका लाइक कसले गरेको हो भन्ने हेर्न सकिंदैन । जसले पोस्ट राखेको छ, उसले बाहेक अरूले कुनै पनि पोस्टमा कसले लाइक गरेको छ भन्ने देख्न पाउँदैन । 

 

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८१ ११:५५