close

विद्युतीय भोटिङ मसिनलाई किन विश्वास गर्दैनन् एलन मस्क ?

टेकपाना टेकपाना

असार २, २०८१ १३:१६

विद्युतीय भोटिङ मसिनलाई किन विश्वास गर्दैनन् एलन मस्क ?

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले विद्युतीय भोटिङ मसिन (ईभीएम) हटाउनु पर्ने सुझाव दिएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी मान्छेले ह्याक गर्ने भएकाले ईभीएमको प्रयोग हटाउन उनले सुझाव दिएका हुन् । 

“हामीले इलेक्ट्रोनिक भोटिङ मसिनहरू हटाउनु पर्छ,” उनले एक्समा भनेका छन्, “मानव वा एआईद्वारा ह्याक हुने जोखिम उच्च छ ।”

संयुक्त राष्ट्र अमेरिकामा राष्ट्रपतिको उम्मेद्वार छनौटका पार्टीमा आन्तरिक रूपमा हुने निर्वाचनमा अनियमितता भएकाले मस्कले यस्तो प्रतिक्रिया दिएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ईभीएममा सयौं अनियमितता र धेरै त्रुटिहरू देखिएका थिए । यद्यपि, त्यहाँको निकायले मत गणना गर्न अनुमति दिएको थियो ।

हालै सम्पन्न भारतको लोक सभा निर्वाचनमा पनि विद्युतीय भोटिङ मेसिनमा अनियमितता देखिएको आरोप लगाइएको छ । नेपालमै पनि गत कात्तिकमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएन) को निर्वाचनमा पनि घोटाला भएको दाबीहरू बाहिर आएका थिए ।

 

We should eliminate electronic voting machines. The risk of being hacked by humans or AI, while small, is still too high. https://t.co/PHzJsoXpLh

— Elon Musk (@elonmusk) June 15, 2024

पछिल्लो अध्यावधिक: असार २, २०८१ १३:१६