close

घुम्न जाँदै हुनुहुन्छ ? गुगल म्याप्सका यी महत्त्वपूर्ण फिचर थाहा पाउनुहोस्, काम लाग्न सक्छ

टेकपाना टेकपाना

असार ९, २०८१ १३:८

घुम्न जाँदै हुनुहुन्छ ? गुगल म्याप्सका यी महत्त्वपूर्ण फिचर थाहा पाउनुहोस्, काम लाग्न सक्छ

काठमाडौं । लामो छुट्टी हुनासाथ हामी घुम्ने योजना बनाउँछौं । यस्तो योजना बनाइरहँदा हामीले धेरै तयारी गर्नुपर्ने हुन्छ, जसका लागि गुगल म्याप्स निकै उपयोगी हुन सक्छ । गुगल म्याप्समा ट्राफिक जाम थाहा पाउनेदेखि यात्रालाई सजिलो बनाउने विभिन्न फिचर छन् । आज हामी तिनै फिचरबारे चर्चा गर्दै छौं:

१. ठाउँ नेभिगेट गर्ने

ठूला मल, एयपोर्ट जस्ता ठाउँमा हुँदा गुगल म्याप्सकाे डिरेक्टरी फिचर उपयाेगी हुन्छ  । यसबाट तपाईंले ती ठाउँमा खाजा/खाना खाने रेस्टुरेन्ट भेट्नुहुन्छ । यसका साथै खुल्ने समय र कुन तल्लामा अवस्थित छ भनी जानकारी पाउन सकिन्छ । 

२. ठाउँकाे व्यस्तता पहिल्यै थाहा पाउने  

कुनै पनि ठाउँ कुन समयमा कति व्यस्त हुन्छ भनेर थाहा पाउन सकिने फिचर गुगल म्याप्समा पाउन सकिन्छ । म्याप्समा हुने बिजनेस टुलका माध्यमबाट ठाउँमा हुने भिडभाडकाे अवस्था थाहा हुन्छ । तपाईंले कुनै ठाउँ खोज्दा स्क्रोल गर्दै जानु भयाे भने हप्ता तथा वास्तविक समय अनुसार उक्त ठाउँकाे व्यस्ता कस्ता छ भनेर थाहा पाउन सक्नुहुन्छ ।

३. रेस्टुरेन्ट बुक गर्ने 

कतै जाँदा कहाँ बस्ने ठूलो समस्या हुन्छ । यदि तपाईंले कुनै योजना बनाउनु भएको छैन भने त्यस्तो अवस्थामा गुगलको यो फिचर उपयोगी हुन सक्छ । किनकि तपाईंले यसबाट आफूलाई मन पर्ने रेस्टुरेन्ट बुक गर्न सक्नुहुन्छ ।

यसका लागि म्याप्स खोलेर ‘रेस्टुरेन्ट’ ट्याबमा क्लिक गर्नुहोस् । अब त्यसपछि त्यहाँ विभिन्न रेस्टुरेन्ट देख्न सक्नुहुन्छ । तीमध्ये कुनैमा एक क्लिक गरेर बुक गर्न सक्नुहुन्छ । यसका साथै तपाईंले म्यापमार्फत नै रेस्टुरेन्ट बुक गर्नु भएको सूचनाहरू देख्न सक्नुहुन्छ ।

४. इन्टरनेट नहुँदा पनि गुगल म्याप्स चलाउने 

इन्टरनेट नभएको ठाउँ जाँदा गुगलको अफलाइन म्याप निकै उपयोगी हुन सक्छ । यसका लागि तपाईंले पहिल्यै सो क्षेत्रलाई छानेर डाउनलोड गर्नुपर्ने हुन्छ । अनलाइनमा जस्तो सबै फिचर उपलब्ध नभए पनि तपाईंले केही अत्यावश्यक सेवा पाउन सक्नुहुन्छ । यसका लागि आफ्नो प्रोफाइलमा क्लिक गरेर ‘अफलाइन म्याप्स’मा क्लिक गर्नुहोस् । त्यहाँ ‘सेलेक्ट योर वन म्याप’मा ट्याप गरेर कुनै ठाउँ चयन गर्नुहोस् ।

५. ईभी चार्जिङ स्टेसन थाहा पाउने 

आजभोलि नेपालमा पनि उल्लेख्य मात्रामा विद्युतीय गाडी (ईभी) लिनेको संख्या बढिरहेको छ । ईभी गाडी लिनेका लागि यो निकै राम्रो उपयोगी फिचर हो । यसका लागि म्यापको सर्च बक्सदेखि ठीक तल रहेको अप्सनमा जाँदै ‘मोर’मा जानुहोस् ।

अब अलि तल स्क्रोल गर्दै सर्भिसेस सेक्सनमा ‘चार्जिङ स्टेसन’मा जानुहोस् । त्यहाँ क्लिक गर्नासाथ तपाईंले विभिन्न चार्जिङ स्टेसन देख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार ९, २०८१ १३:१८