close

महाधिवेशनको मतदानमा नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्दै एकीकृत समाजवादी

टेकपाना टेकपाना

असार १७, २०८१ १९:११

महाधिवेशनको मतदानमा नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो दशौं महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । पार्टीले आफ्नो नेतृत्व चयन गर्न राम लक्ष्मण इनोभेसनले विकास गरेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको हो । 

२१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्न भोटिङ मसिन प्रयोग गर्न लागिएको पार्टीले जनाएको छ । यसका लागि ५० ओटा विद्युतीय भोटिङ मसिन प्रयोगमा आउने राम लक्ष्मण इनोभेसनका सहसंस्थापक लक्ष्मण रिमालले बताए । उनका अनुसार उम्मेदवारको सङ्ख्या अलि बढी भएकाले मत हाल्ने समय केही लामो हुनेछ ।

तर मतदान सम्पन्न भएको केही घण्टामै नतिजा निस्किने छ । हाल मतदानस्थलमा प्रयोग हुने कूल भोटिङ मसिन बाहेक ब्याकअपको रूपमा चार ओटा अतिरिक्त राखिएको उनले जनाए । पछिल्लो समय विभिन्न संघसंस्थाले मतदानमा यही कम्पनीले तयार पारेका विद्युतीय भोटिङ मसिन प्रयोग गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असार १८, २०८१ १०:५२