close

प्लेस्टोरबाट १० अर्ब बढी डाउनलोड भयो गुगल फोटोज एप

टेकपाना टेकपाना

असार २२, २०८१ ११:५२

प्लेस्टोरबाट १० अर्ब बढी डाउनलोड भयो गुगल फोटोज एप

काठमाडौं । गुगल फोटोजले गुगल प्लेस्टोरमा १० अर्ब डाउनलोडको आँकडा पार गरेको छ । गुगलको फोटो भण्डारण गर्ने प्लेटफर्मले हालै यो आँकडा पार गरेको हो । 

सन् २०१५ मा सार्वजनिक यो एप अनलाइनमा फोटो भण्डारण गर्नका लागि उपयुक्त विकल्प बन्दै गयो । त्यसैको परिणाम स्वरूप सार्वजनिक भएको पाँच वर्ष अर्थात् सन् २०२० मा यो एपले पाँच अर्ब डाउनलोडको आँकडा पार गरेको थियो । त्यसपछि चार वर्षमै यो प्लेटफर्म त्यसको दोब्बर अर्थात् १० अर्ब पटक गुगल प्लेस्टोरबाट डाउनलोड भएको छ । 

गुगल फोटोजमा पछिल्लो समय नयाँ नयाँ फिचरहरू आएका छन् । विशेषगरी फोटो र भिडिओ एडिट गर्न मिल्ने, विभिन्न किसिमका फिल्टर प्रयोग गर्न सकिने भएकाले यो एपको लोकप्रियता थप बढेको छ ।

गुगलले हालै एआईको सहायताले फोटो एडिट गर्न सकिने फिचर पनि यसमा समावेश गरेको छ । यसअन्तर्गत स्वतः ब्याकग्राउन्ड ब्लर गर्ने, अनुहार अनुसार फोटो सर्च गर्न सकिने, मेमोरिज हेर्ने लगायतका फिचर छन् । 

वनप्लस, ओप्पो, साओमी, सामसङ जस्ता एन्ड्रोइड फोनमा यो एप प्रि-इन्स्टल भएर आएको हुन्छ । कतिपय इन्ट्री लेभलका फोनले गुगल फोटोजलाई नै ग्यालरीका लागि डिफल्ट एप बनाएका हुन्छन् । 

गुगल फोटोज १० अर्ब डाउनलोडको आँकडा पार गर्ने गुगलको १० औं एप हो । पछिल्लो समय गुगल ड्राइभले १० अर्ब डाउनलोडको आँकडा पार गरेको थियो । क्रोम, जिमेल, युट्युब, गुगल एप, प्ले सर्भिस, स्पिच सर्भिस र एन्ड्रोइड एक्सेसिबिलिटी १० अर्ब डाउनलोडको आँकडा पार गर्ने गुगलका अन्य प्लेटफर्महरू हुन् ।

पछिल्लो अध्यावधिक: असार २२, २०८१ १२:३