close

३० करोड सब्सक्राइबर पाउने पहिलो युट्युब च्यानल बन्यो ‘मिस्टर बिस्ट’

टेकपाना टेकपाना

असार २६, २०८१ १९:१२

३० करोड सब्सक्राइबर पाउने पहिलो युट्युब च्यानल बन्यो ‘मिस्टर बिस्ट’

 

काठमाडौं । ‘मिस्टर बिस्ट’ ३० करोड सब्सक्राइबर पाउने पहिलो युट्युब च्यानल बनेको छ । आज मात्रै यो च्यानलले नयाँ आँकडा पार गरेको हो । अमेरिकी नागरिक जिम्मी डोनाल्सनले सञ्चालन गर्दै आएको यो च्यानलमा सब्सक्राइबर बढ्ने क्रम तीव्र छ ।

उनी आफ्नो नामले भन्दा पनि मिस्टर बिस्टले परिचित छन् । “११ वर्षअघि ३०० सब्सक्राइबर पाउँदा म निकै फुर्केको थिएँ,” सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै उनले भनेका छन् । 

गत २ जुनमा सबैभन्दा बढी सब्सक्राइबर पाउने च्यानल मिस्टर बिस्ट बनेको थियो । याे युट्युब च्यानलले भारतको टी-सिरिजलाई पछि पार्दै सो सफलता हात पारेको थियो । युट्युबर बिस्टले यो सफलता पाउनुमा ‍उनको प्रस्तुति प्रमुख कारण मानिएको छ । 

सब्सक्राइबर बढाउन उनी विभिन्न गतिविधि गरिरहेका हुन्छन् । मिस्टर बिस्ट नगद तथा अन्य वस्तुको पुरस्कार र परोपकारी कार्य देखाउने भिडिओका लागि चर्चित छन् । मनोरञ्जनात्मक भिडिओ सामग्री र दर्शकहरूसँग लगातार जोडिरहने भएकाले यो च्यानललाई ठूलो सफलता मिलेको बताइन्छ ।

पछिल्लो अध्यावधिक: असार २६, २०८१ १९:२१