close

आरओजीको गेमिङ स्टोर ललितपुरमा, ल्यापटपको सुरुवाती मूल्य १ लाख बढी

टेकपाना टेकपाना

साउन ६, २०८१ १४:५०

आरओजीको गेमिङ स्टोर ललितपुरमा, ल्यापटपको सुरुवाती मूल्य १ लाख बढी

काठमाडौं । नेपाली बजारमा गेमिङमा केन्द्रित रिपब्लिक अफ गेमर्स (आरओजी)को पहिलो आधिकारिक स्टोर ललितपुरको लबिम मलमा आइतबारदेखि सञ्चालनमा आएको छ ।

यो स्टोर सञ्चालनमा आएसँगै आरओजीका विभिन्न गेमिङ प्रडक्टमा आकर्षक छुट र अफर प्रदान गरिएको छ । विशेषगरी उच्च प्रदर्शनयुक्त गेमिङ ल्यापटप र डेस्कटपमा छुट दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सुरुवाती २५ ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गरिनेछ भने आरओजीका मर्केन्डाइज प्रडक्ट खरिद गर्ने २५ ग्राहकलाई विशेष उपहार पनि दिइनेछ ।

आरओजीको यो स्टोर गेमिङमा रुचि राख्ने ग्राहकलाई उत्कृष्ट शपिङ अनुभव प्रदान गर्नका लागि खोलेको कम्पनीको भनाइ छ । जसमा सामान्य रुचि राख्नेदेखि व्यावसायिक गेमरहरूका लागि पनि सुविधाहरू उपलब्ध छन्।

स्टोर आज दिउँसो १ बजेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । थप जानकारीको लागि ९८०१२००१०९ मा सम्पर्क गर्न सकिन्छ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८१ १४:५४