काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्माले नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइन स्थापना गर्ने बताएका छन् । आज संसदमा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले नेपालको स्वामित्वमा रहेको अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटलाइट स्थापना गर्ने योजना सुनाए ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सन् २०१७ मा नेपालका लागि दुई ओटा जियोस्टेसनरी अर्बिटल स्लट उपलब्ध गराएको छ । जसमा ५० डिग्री ब्रोड कास्टिङ स्याटलाइट सर्भिसेस (बीएसएस) का लागि र १२३ डिग्री फिक्स्ड स्याटलाइट सर्भिसेस (एफएसएस) का लागि रहेको छ ।
यसअघि नेपालले २०१९ मा जापान सरकारसँगको सहकार्यमा ‘नेपाली स्याट वन’ नामक स्याटलाइट पठाएको थियो । अहिले ‘डाँफे’ र ‘मुनाल’ प्रक्षेपण हुने तयारीमा रहेका छन् ।