close

फोनपेबाट पैसा पठाउँदा आईफोन १५ प्रो जित्ने अवसर

टेकपाना टेकपाना

साउन ६, २०८१ १६:१७

फोनपेबाट पैसा पठाउँदा आईफोन १५ प्रो जित्ने अवसर

 

काठमाडौं । भुक्तानी सञ्चालक फोनपेले ‘फोनपे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान सुरु गरेको छ । यस अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआर कोड प्रयोग गरेर अन्तरबैंक रकम ट्रान्सफर गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।

यो अभियान आगामी भदौ ३१ सम्म सञ्चालन हुनेछ । अभियानको अन्त्यमा दुई भाग्यशाली विजेतालाई आईफोन १५ प्रो पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

अभियानमा भाग लिन प्रयोगकर्ताहरूले फोनपे डिरेक्ट प्रयोग गर्दा रिमार्क्स सेक्सनमा प्रमोकोड 'Fonepay Direct' राख्नुपर्नेछ । अभियान अवधिमा कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

"हामी ‘फोन पे डिरेक्ट’ अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं । यस अभियानले नेपाली उपभोक्ताहरूलाई डिजिटल कारोबारमा अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ । हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुनेछन्," फोनपेका चिफ इस्ट्राटेजी अफिसर सुबोध शर्माले भने ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८१ १६:१७