close

कस्तो छ नेपाल टेलिकमको सजिलो अनलिमिटेड प्याकेज ?

टेकपाना टेकपाना

साउन १६, २०८१ १२:५२

कस्तो छ नेपाल टेलिकमको सजिलो अनलिमिटेड प्याकेज ?

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाका ग्राहकहरूको लागि सजिलो अनलिमिटेड प्याकेजहरू सञ्चालन गरिरहेको छ । यी प्याकेज अन्तर्गत विभिन्न योजना प्रस्तुत गरिएका छन् ।

सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनामा रु. ५९९ मा टेलिकमको नेटवर्कमा असीमित कल गर्न मिल्ने सेवा (अन नेट भ्वाइस) सहितको ‘सजिलो ५९९’ प्याकेज उपलब्ध छ । यस प्याकमा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ नेट भ्वाइस) सुविधा समेत छ ।

रु. ६३६ मा उपलब्ध ‘सजिलो ६३६’ प्याकमा अन नेट भ्वाइस सेवा, १५० मिनेट अन नेट भ्वाइस सेवा, १०० अन नेट एसएमएस र ९ जीबी डेटा समावेश छ ।

यसैगरी रु. ७९९ मा उपलब्ध हुने ‘सजिलो ७९९’ प्याकमा सबै नेटवर्कमा असीमित कल गर्न मिल्ने सेवा (अल नेट भ्वाइस), एकमुष्ट ३० जीबी डेटा र १५० अन नेट एसएमएस सुविधा पाउन सकिन्छ ।

रु. ९९९ मा उपलब्ध हुने ‘सजिलो ९९९’ प्याकमा अनलिमिटेड अल नेट भ्वाइस सेवा, ६० जीबी डेटा र २०० अन नेट एसएमएस सेवा उपलब्ध छ ।

उच्च मात्रामा भ्वाइस र डेटा सेवा प्रयोग गर्ने ग्राहकका लागि नेपाल टेलिकमले रु. १४९९ मा सजिलो १४९९ प्याक र रु. १९९९ मा सजिलो एक्जिक्युटिभ १९९९ प्याकेज पनि प्रस्तुत गरेको छ । 

सजिलो १४९९ प्याक अन्तर्गत रु. १४९९ मा अनलिमिटेड अल नेट भ्वाइस सेवा, प्रतिदिन सीमितता नभएको एकमुष्ट १०० जीबी डेटा र ३५० अन नेट एसएमएस सेवा उपलब्ध छ ।

त्यसैगरी रु. १९९९ मा उपलब्ध हुने सजिलो एक्जिक्युटिभ १९९९ प्याकमा अनलिमिटेड अल नेट भ्वाइस सेवा, २०० जीबी डेटा र ५०० अन नेट एसएमएस सेवा उपलब्ध छ ।

उल्लेखित सम्पूर्ण प्याकेजमा प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल सेवा प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ ।

यसका साथै सम्पूर्ण सजिलो अनलिमिटेड बेसिक प्याकेजहरूमा पोस्टपेड सेवाका प्रयोगकर्ताका लागि मासिक रेन्टल बापतको रकम समेत समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १६, २०८१ १३:१२