close

पहिलेका सामसङ फोल्डेबल फोनभन्दा जेड फोल्ड सिक्स र फ्लिप सिक्सको प्रि-अर्डर दुई गुणा बढी

टेकपाना टेकपाना

साउन १७, २०८१ १५:२५

पहिलेका सामसङ फोल्डेबल फोनभन्दा जेड फोल्ड सिक्स र फ्लिप सिक्सको प्रि-अर्डर दुई गुणा बढी

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी जेड फोल्ड सिक्स र फ्लिप सिक्सको प्रि-अर्डर पहिलेका फोल्डेबल फोनको तुलनामा दुई गुणा बढी भएको जानकारी दिएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यसाबारे जानकारी दिएको हो ।

१५ साउनसम्म यी फोनको प्रि-अर्डर खुलाइएको थियो । कम्पनीले कति सङ्ख्यामा फोनको प्रि-अर्डर भयो भन्ने खुलाएको छैन ।

“नेपालमा ग्यालेक्सी जेड फोल्ड सिक्स र ग्यालेक्सी जेड फ्लिप सिक्सलाई उपभोक्ताको अत्यधिक प्रतिक्रिया आएकोमा हामी आभारी छौं,” सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, “हाम्रा नयाँ छैटौं पुस्ताका फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआईको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउन तथा सञ्चार, उत्पादकत्व र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम छन् ।”

कम्पनीले यी फोन नेपाली बजारमा उपलब्ध गराइसकेको छ । अहिले ग्राहकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा प्राप्त गर्न सक्नेछन् ।

आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहने ग्राहकलाई सामसङले ‘सबको फोन’ र ‘अर्को स्टोर’ मार्फत एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ । यसका साथै ग्राहकले स्टक रहुन्जेल प्रत्येक महिना १७ जीबी डेटा + ४९९ मिनेट कल + ४९९ एसएमएस छ महिनासम्म निःशुल्क सेवा रहेको एनसेल सधैं अन सिम प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाको व्यवस्था गरेको छ । यस अन्तर्गत ग्राहकले नयाँ ग्यालेक्सी जेड फोल्ड सिक्सका लागि मासिक ६,८५४ रुपैयाँ र ग्यालेक्सी जेड फ्लिप ६ का लागि ४,५२१ रुपैयाँ किस्ताबन्दीमा पाउन सक्छन् ।

यसमा शून्य प्रतिशत ब्याज दर लाग्ने कम्पनीले जनाएको छ । ईएमआईमा २४ महिनाको अवधिमा देशभरका कुनै पनि सामसङ स्टोरहरूबाट ३० प्रतिशत डाउन पेमेन्ट गरी प्राप्त गर्न सक्नेछन् ।​

क्र.स

डिभाइस

कलर

मूल्य (रुपैयाँ)

ग्यालेक्सी जेड फ्लिप ६ (12+512 GB)

सिल्भर श्याडो, नेभी

२,४९,९९९

ग्यालेक्सी जेड फोल्ड ६ (12+256 GB)

सिल्भर श्याडो, नेभी

२,३४,९९९

ग्यालेक्सी जेड फ्लिप ६ (12+256 GB)

सिल्भर श्याडो, निलो

१,५४,९९९

वाच सेभेन (44mm)

हरियो, सिल्भर

४९,९९९

वाच सेभेन(40mm)

बेज, हरियो

४४,९९९

बड्स थ्री

सिल्भर, सेतो

२२,९९९


पछिल्लो अध्यावधिक: साउन १७, २०८१ १५:४२