close

अब आईफोनबाट एन्ड्रोइड फोनमा आरसीएस मेसेज पठाउन सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

साउन २२, २०८१ १४:१८

अब आईफोनबाट एन्ड्रोइड फोनमा आरसीएस मेसेज पठाउन सकिने, यस्तो छ तरिका

काठमाडौं । रिच कम्युनिकेसन सर्भिसेस (आरसीएस)लाई एसएमएसको सबैभन्दा आधुनिक भर्सन मानिन्छ । यसको प्रयोगबाट उच्च गुणस्तरका फोटो/भिडिओ पठाउन, टाइपिङ इन्डिकेटर हेर्न र ग्रुप मेसेज गर्न सकिन्छ ।

हालसम्म यो फिचर एन्ड्रोइडमा मात्र सीमित थियो । चाँडै नै सार्वजनिक हुने आईओएस १८ मार्फत आईफोनमा आरसीएस मेसेजिङ इनेबल गर्न सकिने भएको छ । यसो हुँदा आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताले आरसीएसका माध्यमबाट सजिलै कुराकानी गर्न सक्छन् ।

तर, यसका लागि आईफोनमा आरसीएस मेसेजिङ इनेबल गरिएको हुनुपर्छ । हाल बेटा भर्सनमा उपलब्ध यो फिचर कसरी इनेबल गर्ने भन्नेबारे चर्चा गर्दै छौं: 

-आईफोनको सेटिङ एपमा जानुहोस् । 

-अलि तल स्क्रोल गर्दै जानुहोस् । र एप्समा ट्याप गर्नुहोस् । 

-त्यहाँ देखिने विभिन्न विकल्पहरूमध्ये मेसेजेज छान्नुहोस् । 

-अब केही तल स्क्रोल गर्दै जानुहोस् । र टेक्स्ट मेसेजिङ छान्नुहोस्  । र यसको भित्र भएको आरसीएस मेसेजिङमा ट्याप गर्नुहोस् । 

-अब टोगलमा ट्याप गरेर आरसीएस मेसेजिङलाई इनेबल गर्नुहोस् । यसै तरिकाबाट तपाईंले आरसीएस मेसेजलाई डिसेबल समेत गर्न सक्नुहुन्छ ।

आरसीएस प्रयोग गर्दै छु भन्ने कसरी थाहा पाउने ?

तपाईंले आरसीएस प्रयोग गर्दै गरेको थाहा पाउने केही सामान्य तरिकाहरू छन् । जस्तै:

-आईमेसेजमार्फत मेसेज पठाउनुअघि तपाईंले मेसेज बक्सको माथिल्लो भागमा अथवा मेसेज टाइप गर्ने बक्समा 'आरसीएस'को विकल्प देख्नुहुन्छ । 

-त्यस्तै यसअघि तपाईंले पाउने सामान्य मेसेजभन्दा अलि फरक खालका मेसेज पाउन सक्नुहुन्छ । जस्तो: पहिले congratulations मात्र आउँथ्यो भने अहिले एनिमेसन भएको पाउन सक्नुहुन्छ । जुन आईओएस १७ वा सो भन्दा पुराना भर्सनमा पाउन सकिन्न थियो ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८१ १५:५८