close

गुगल प्ले स्टोरमा फर्कियो ईसेवा एप

टेकपाना टेकपाना

साउन २४, २०८१ ८:३६

गुगल प्ले स्टोरमा फर्कियो ईसेवा एप

काठमाडौं । गुगल प्ले स्टोरमा डिजिटल वालेट ईसेवाको मोबाइल एप फर्किएको छ । नयाँ विवरण अपडेट गर्ने क्रममा मंगलबारदेखि प्ले स्टोरमा नदेखिएको यस एप बिहीवार बिहान पुनः उपलब्ध भएको हो ।

कम्पनीको नाम ईसेवा प्रालिबाट ईसेवा लिमिटेडमा परिवर्तन भएको कारण विवरण डीयूएनएस (डेटा युनिभर्सल नम्बरिङ सिस्टम)मा अपडेट हुँदा एप अस्थायी रूपमा प्ले स्टोरमा उपलब्ध नभएको कम्पनीले जनाएको छ ।

"हजुरहरूको ईसेवा पुनः गुगल प्ले स्टोरमा उपलब्ध रहेको जानकारी गराउन पाउँदा हामी खुसी छौं । हाम्रा सम्पूर्ण ग्राहकहरू, एजेन्टहरू, मर्चेन्टहरू र शुभेच्छुकहरूको सदिच्छाप्रति हामी आभारी छौँ," कम्पनीले सामाजिक सञ्जाल पोस्टमा लेखेको छ ।

सम्बन्धित समाचार: यस्तो छ गुगल प्ले स्टोरबाट ईसेवाको मोबाइल एप गायब हुनुको भित्री रहस्य


 

पछिल्लो अध्यावधिक: साउन २४, २०८१ ८:४०