close

पीएमएसएल फलको फाइनल सुरु, नेपाली टिम होरा ई-स्पोर्ट्सलाई पब्जी विश्वकपमा पुग्ने अवसर

टेकपाना टेकपाना

भदौ २७, २०८१ १७:१३

पीएमएसएल फलको फाइनल सुरु, नेपाली टिम होरा ई-स्पोर्ट्सलाई पब्जी विश्वकपमा पुग्ने अवसर

काठमाडौं । पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एण्ड साउथ एसिया फल २०२४ अन्तर्गत आजदेखि फाइनल चरणका खेल सुरु भएका छन् । प्रतियोगितामा सहभागी २० टिममध्ये फाइनलमा नेपालका दुईसहित १६ टिम भिड्दै छन् ।

लिग चरणमा गरेको प्रदर्शनको आधारमा हरेक टिमले ‘लिग र्‍याङ्किङ पोइन्ट’ पाएका थिए । जसमा नेपाली टिम ‘डीआरएस गेमिङ’ ४५ पोइन्ट ल्याएर चौंथो र ‘होरा ई-स्पोर्ट्स’ ३७ पोइन्ट ल्याएर आठौँ स्थानमा रहेको छ ।

तीन दिनसम्म चल्ने फाइनलमा ‘लिग र्‍याङ्किङ पोइन्ट’ को आधा स्कोरबाट नै टिमहरूले खेल्नेछन् । अर्थात् फाइनलको पोइन्ट र ‘लिग र्‍याङ्किङ पोइन्ट’ जोडेर धेरै पोइन्ट प्राप्त गर्ने टिमले प्रतियोगिताको उपाधि जित्नेछ ।  

फाइनल जित्ने टिमले २६ हजार डलर (करिब ३७ लाख ३८ हजार रुपैयाँ) पाउनेछ । त्यस्तै हरेक चिकेन डिनरमा टिमले २०० डलर (करिब २६ हजार सात सय रुपैयाँ ) पाउनेछन् । यसबाहेक अङ्क तालिकाको शीर्ष पाँचभित्र रहने टिमले ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२४’ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

पब्जी मोबाइल ई-पोर्ट्स साउथ एसियाको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्न खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

यसअघि नेपाली टिम ‘डीआरएस गेमिङ’ पीएमजीसी पोइन्टका आधारमा पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा छनोट भइसकेको छ । ‘होरा ई-स्पोर्ट्स’लाई भने पब्जी विश्वकपमा पुग्न पीएमएसएल फलको फाइनलमा शीर्ष चारमा अटाउनुपर्ने चुनाैती छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २८, २०८१ १२:१३