काठमाडौं । एआई सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले ११ दिने 'एआई स्कुल' सञ्चालन गर्ने भएको छ । आउँदो १२ देखि २३ पुससम्म ललितपुरमा अवस्थित प्रिमियर इन्टरनेसनल कलेजमा उक्त कार्यक्रम आयोजना हुनेछ ।
एआई सम्बन्धी यस छोटो अवधिको तालिममा स्नातक तहदेखि विद्यावारिधि गरिरहेका विद्यार्थीहरू सहभागी हुनसक्ने छन् । एआई स्कुल अन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ ।
यसका साथै विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय वक्ताहरूसँग भेटघाट, नेटवर्किङ अवसर, करियर गाइडेन्स र एआई समुदायसँग जोडिने अवसर मिल्ने बताइएको छ ।
हालसम्म नामीले एआई स्कुलको चार संस्करण सम्पन्न गरिसकेको छ । यसबाट विभिन्न देशका ३०० बढीले प्रशिक्षित भएका छन् । यस कार्यक्रममा भाग लिन यहाँ र यसबारे बुझ्न यहाँ क्लिक गर्नुहोस् ।